कानेपोखरीमा शिल हट्यो, भदौ १६ गते सम्म लकडाउन अलि खुल्ला हुने

भदौ १२ गते, कानेपोखरी ।मोरङको कानेपोखरी गाउँपालिकाले २ वडामा गरिएको शिल हटाउँदै आज राती १२ बजेदेखि लागु हुने गरी १६ गते राती १२ बजे सम्म लकडाउनलाई अलि खुल्ला गरेको छ ।  संक्रमितको कन्टयाक टे«सिङ्गमा परेका सबै जनाको पीसिआर रिपोर्ट नेभेटिभ आएपछि गाउँपालिकाले ४ दिनको लागि अलि खुल्ला गरेको हो ।

यस अघि वडा नं. ३ र वडा नं. ४ मा सिल गरिएको थियो । वडा नं. ३ को एक युवा रंगेलीमा भएको पीसिआर परीक्षणको रिपोर्टमा पोजेटिभ आएको थियो र वडा नं. ४ का एक ८५ बर्षीय बृद्ध विरामी भएर उपचारको लागि विराटनगर अस्पताल जादा पीसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।

आज गाउँपालिकामा बसेको गाउँकार्यपालिका र सर्वदलिय बैठकले बैंक तथा वित्तिय संस्थाहरु १० देखि १ बजे सम्म मात्र संचालन दिने निर्णय गरेको छ । त्यसैगरी साप्ताहिक, अर्धसाप्ताहिक हाट बजार, शैलुन, व्युटिपार्लर, सब्जीमण्डी संचालन गर्न नपाईने । दैनिक रुपमा गरिने नित्य पुजा–प्रार्थना बाहेक धार्मिक तथा सांस्कृतिक कार्यहरु, मेला, चाडपर्व, जात्रा, हाटबजार, भेला तथा अन्य सामूहिक गतिविधि गर्न नपाईने । गाउँपालिका भित्र राती ९ बजेदेखि विहान ५ बजे सम्म हिँड्डुल गर्न नपाईने ।

सबै सरकारी कार्यालय÷निकायले आलोपालो गरी न्यूनतम संख्यामा कर्मचारी राखी आवश्यक सेवा मात्र प्रदान गर्ने । खाद्यय बस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफुल, दुधडेरी, हार्डवयर, कपडा लगाएतका पसलहरुमा व्यपारीले ग्राहकको ज्वरो नाप्ने, दुई मिटरको सामाजिक दुरी कायम गर्ने, मास्क सेनिटाइजरको प्रयोग गर्ने र नेपाल सरकारबाट जारी गरिएको सुरक्षा मापदण्ड पालना गरी विहान ६ बजेदेखि १२ बजे सम्म मात्र पसल खोल्न पाउने निर्णय गरेको छ ।

औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफुल, दुध, विद्युत, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने र आउने र मृत्यु संस्कारको लागि अनिवार्य सहभागि हुनुपर्ने कामको लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक बाहेक अन्य सवारी साधन संचालन गर्न पाईने छैन ।

सम्बन्धित खवर