युवराज लिम्बु
भदौ १६ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकाले समुदायमा कोरोना भाइरस फैलिएसंगै त्यसको रोकथाम र नियन्त्रण गर्र्न अनिश्चितकालिन लकडाउन गरेको छ ।
मंगलबार गाउँकार्यपालिका र सर्वदलिय बैठकले कोरोना भाइरस फैलिन नदिन यस्तो निर्णय गरेको हो । बैठकले बैंक तथा वित्तिय संस्थाहरु खुल्ला गरेको छ । यस अघि १० देखि १ बजे सम्म मात्र संचालन दिने निर्णय गरेको थियो ।
खाद्यय बस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफुल, दुधडेरी, हार्डवयर, कपडा लगाएतका पसलहरुमा व्यपारीले ग्राहकको ज्वरो नाप्ने, दुई मिटरको सामाजिक दुरी कायम गर्ने, मास्क सेनिटाइजरको प्रयोग गर्ने र नेपाल सरकारबाट जारी गरिएको सुरक्षा मापदण्ड पालना गरी विहान ६ बजेदेखि दिउँसो २ बजे सम्म मात्र पसल खोल्न पाउने निर्णय गरेको छ । यस अघि विहान ६ बजे देखि १२ बजे सम्म खोल्ने निर्णय थियो ।
त्यसैगरी साप्ताहिक, अर्धसाप्ताहिक हाट बजार, शैलुन, व्युटिपार्लर, सब्जीमण्डी संचालन गर्न नपाईने । दैनिक रुपमा गरिने नित्य पुजा–प्रार्थना बाहेक धार्मिक तथा सांस्कृतिक कार्यहरु, मेला, चाडपर्व, जात्रा, हाटबजार, भेला तथा अन्य सामूहिक गतिविधि गर्न नपाईने । गाउँपालिका भित्र राती ९ बजेदेखि विहान ५ बजे सम्म हिँडुल गर्न नपाईने निर्णय गरेको छ ।
औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफुल, दुध, विद्युत, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने र आउने र मृत्यु संस्कारको लागि अनिवार्य सहभागि हुनुपर्ने कामको लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक बाहेक अन्य सवारी साधन संचालन गर्न पाईने छैन ।