कानेपोखरीमा फेरी एकजना पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ पुग्यो

भदौ १६ गते, बयरवन । मोरङको कानेपोखरी गाउँपालिकामा फेरी एकजना पुरुषमा कोरोना संक्रमण भएको छ ।

वडा नं. ३ को एकजना पुरुष विराटनगर स्थित न्यूरो हस्पिटलमा स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । कानेपोखरी स्वास्थ्य शाखाको अनुसार विरामी भएपछि उपचारको लागि न्यूरो हस्पिटल साउन २९ गते भर्ना भएको थियो ।

सुरुको स्वाब परीक्षणमा उनलाई कोरोना नेगेटिभ रिपोर्ट आएको थियो । त्यसपछि उपचारको कै क्रममा १५ दिन पछि भदौ १४ गतेको रिपोर्टमा कोरोना पोजेटिभ भएको स्वास्थ्य प्रमुख रोहिन्द्रकुमार राजभण्डारीले बताए । संक्रमित पुरुष बयरवन बजारमा कपडा पसल गर्दै आएका छन् ।

सुरुमा संक्रममित पुरुषलाई विरामी भएपछि कानेपोखरी–६, को कंकालनी क्लनीकमा लगेका थिए । सोही दिन पथरीको हस्पिटल हुँदै विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान घोपा लगेका थिए । त्यस पछि साउन २९ गते विराटनगरको न्युरो हस्पिटल लगेको कानेपोखरी स्वास्थ्य शाखाले जनाएको छ ।

यो सँगै कानेपोखरीमा संक्रमितको संख्या ६ जना पुगेको छ । गाउँपालिकाको क्वारेन्टाइनबाट एक जनामा मात्र कोरोना पोजेटिभ देखिएको छ । अन्य कोरोना पोजेटिभ देखिएका विभिन्न वडाका ५ जना व्यक्तिहरु अन्तै परीक्षण गराएका थिए ।

सम्बन्धित खवर