भदौ १७ गते, पथरी । इलाका प्रहरी कार्यालय पथरीले मोरङको कानेपोखरीबाट ३ लाख ५ हजार १ सय ३१ रुपैयाँ पौसा सहित १२ जना जुवाडेलाई पक्राउ गरेको हो ।
इप्रकाका डिएसपी दिलिप कुमार गिरीको नेतृत्वमा गएको टोलीले बुधबार साँझ ४ बजे कानेपोखरी – ७, चालिस बिगे स्थित किशोर लुईटलको घरमा तास खेली रहेको अवस्थमा नगद सहित जुवाडेलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट प्रहरीले चार बुक तास पनि बरामद गरेको डिएपी दिलिप कुमार गिरीले बताए ।
पक्राउ पर्नेमा झापा हल्दिवारी गाउँपालिका ५ का ३६ वर्षिय ताराकुमार जोगी, झापा विर्तामोड नगरपालिका ३ का ३२ वर्षिय लक्ष्मी कुमार तामाङ्ग, बेलबारी नगरपालिका १ का ३६ वर्षिय बिमल गुरुङ्ग, सोही ठाउँका ३७ वर्षिय कृष्ण लिम्बु, २८ वर्षिय श्याम लिम्बु, ५२ वर्षिय चन्द्र लिम्बु, लेटाङ्ग नगरपालिका ५ का ३१ वर्षिय समिर तमाङ्ग, सोही ठाउँका २७ वर्षिय सञ्जिव घतानी, बुद्धशान्ति गाउँपालिका ४ का ३८ वर्षिय मनिष लिम्बु, धरान १६ का ३९ वर्षिय रुपजंग लिम्बु, सोही ठाउँका २९ वर्षिय किरण उदास र इटहरी उपमहानगरपालिका २० का २४ वर्षिय राजन पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
सवारी साधन कानेपोखरीमा राखेर प्रहरीलाई झुक्याउने उद्देश्यले कानेपोखरीबाट करिब साढे ३ किलोमिटर घना जंगलदेखि दक्षिणमा पुगेर तास खेलिरहेको प्रहरीलाई गोप्य सूचना आएको डिएसपी गिरीले बताए । पक्राउ परेका प्रतिवादीहरू इप्रका पथरीमा ल्याएर राखिएको छ । पक्राउ परेका सबैलाई प्रहरीले जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरेको डिएपी गिरीले बताए ।