८५ बर्षीय बृद्धले आफ्नो घरमै बसेर कोरोना जिते

कोरोना मुक्त भएका भरत बहादुर कार्की

भदौ १८ गते, कानेपोखरी । मोरङको कानेपोखरी–४ का ८५ बर्षीय बृद्ध भरतबहादुर कार्कीले आफ्नो घरमै बसेर कोरोना जितेका छन् । बयरवन बजार चोक दक्षिणका कार्कीले होम आइसोलेसनमै बसेर कोरोना जितेको हो ।

विहिबार कार्कीको कन्टयाक ट्रेसिङ्गमा परेका १० जना र जनसेवाको क्वारेन्टाइनका ५ जना सहित जम्मा १५ जनाको पीसिआर रिपोर्ट नेगेटिभ आएको क्वारेन्टाइनका संयोजक तथा वडाध्यक्ष खड्ग बस्नेतले बताए । कार्की दुई हप्ता अघि घरमा ज्वरो आउने जस्ता विरामी भएपछि मंगलबारे अस्पताल हुँदै उपचारको लागि विराटनगरको कोशी अस्पताल लगेका थिए ।

विराटनगरको कोशी अस्पतालको पीसिआर रिपोर्टमा कोरोना पोजेटीभ देखाएपछि विराटनगरमा रहेको आफ्नै छोराले होमआईसोलेसनमा बस्न भनेर राती नै एम्बुलेन्समा बयरवनको घरमा पठाईदिएका थिए । बयरवनको घरमा पती र पत्नी मात्र बस्दै आएका थिए । उता विराटनगरमा रहेको छोराको घरमा परिवार विरामीको कारण बयरवनको घर पठाएको छिमेकी ओमप्रसाद ओझाले बताए । कोरोना मुक्त भएका कार्कीले आफुलाई कोरोना के हो भन्ने थाहा नै नभएको बताए ।
कोराना संक्रमित ८५ बर्षीय भरवहादुर घरमै ल्याएपछि कार्कीका छिमेकी ओमप्रसाद ओझाले विहान बेलुका घरमै बसेर हेरचार गर्ने गरेका थिए । ओझाले आफ्नै बुबा जस्तै रेखदेख गरेका छिमेकी गंगा ढुंगाना बताउँछन् । उनले तातो पानी, बेसार पानी, खाना जस्ता खानेकुरा आफै पकाएर खुवाएको उनि बताउँछन् ।

अहिले ओझा र कार्कीका पत्नीको पनि पीसिआर रिपोर्ट नेगेटिभ आएको छ । अहिले आफ्नो र छिमेकीहरु सवैको पीसिआर रिपोर्ट नेगेटिभ आएपछि गाउँका सवै खुशी छन् । यस अघि रिपोर्ट नआए सम्म तनाबमा रहेको छिमेकीहरुले बताए ।सुरुमा उनी घरमा आएपछि क्रमश निको हुर्दै आएका थिए । खाना खाने, हिड्डुल गर्ने जस्ता क्रमश सुधार हुर्दै आएपछि सबैलाई नेगेटिभ आउने आसमा बसेका थिए । संक्रमित कार्कीलाई त्यहाँका छिमेकीहरुले दैनिक हौसला दिने गरेका थिए । कानेपोखरी स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी होमआइसोलेसनमा जाने र स्वास्थ्य स्थिती बुझ्ने जस्ता कामहरु दैनिक गर्दै आएको क्वारेन्टाइनका संयोजक खड्ग बस्नेतले बताए । उता स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारीले होमआइसोलेसन सबै भन्दा राम्रो हुने बताएका छन् ।जनसेवाको क्वारेन्टाइनबाट आज ५ जना घर फर्किएका छन् । उनिहरुलाई गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, क्वारेन्टाइनका संयोजक तथा वडाध्यक्ष खड्ग बस्नेत र स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारीले विदाई गरेका थिए ।

कोरोना संक्रमणको डर नै नमानी दैनिक भरतबहादुरलाई सेवा गर्ने छिमेकी ओमप्रसाद ओझा

सम्बन्धित खवर