कानेपोखरीमा आजबाट लकडाउन हटाइयो

भदौ २३ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले जारी राखिएको बन्दाबन्दी (लकडाउन) अर्काे सूचना नभएसम्मका लागि तत्काललाई हटाइएको छ ।

कानेपोखरी गाउँकार्यपालिका र सर्वदलिय समिति सहित बसेको बैठकले लकडाउन हटाउने निर्णय गरेको हो । मानिसहरुको गतिविधिमा असहजता उत्पन्न गरेकाले स्वास्थ्य सतर्कता चाँही सधैं अपनाउन आव्हान गर्दै तत्काललाई लकडाउन हटाएको गाउँपाकिलाका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।

समुदायस्तरमा केहीमात्रामा कोरोना देखिएको अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य सतर्कता अपनाउँदै आफुपनि बच्ने र अरुलाई पनि बचाउने योजना अनुरुप गाँउवासीको दिनचर्या रहनु पर्ने अध्यक्ष काफ्लेले बताए ।

अनिर्वाय रुपमा भौतिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने तथा साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गरी अर्काे सूचना नभएसम्मका लागि आजबाट सम्पूर्ण प्रकारका कार्यालय, व्यापार, व्यवसाय खुला गर्ने निर्णय भएको छ ।

खोल्न नपाईने
साप्ताहिक र अर्धसाप्ताहिक हाटबजार, दैनिक रुपमा गरिने नित्य, पुजा, प्रार्थना बाहेक धार्मिक तथा सांस्कृतीक कार्यहरु, मेला, चाडपर्वहरु, जात्रा लगाएतका सामूहिक जमघटमा गरिने गतिविधिहरु, सार्वजानिक यातायात र शैक्षिक संस्थाहरु ।

सम्बन्धित खवर