असोज ४ गते, विराटनगर । नेपाल पत्रकार महासंघ मोरङको १३ औं जिल्ला अधिवेशन आगामि मंसिर १९ गते हुने भएको छ ।
केन्द्रको सर्कुलर अनुसार पत्रकार महासंघ मोरङको आइतबार (आज) बसेको कार्यसमितिको बैठकले मंसिरको १९ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
कार्यसमितिको बैठकले नविकरण शुल्क तिरेको र क्रियाशिलताको अध्ययन गरी सदस्यता नविकरणको सिफारिस गर्ने, सदस्यता शुद्धीकरण, नवीकरण र वितरण समितिले सिफारिस गरेको पुराना सदस्यहरुको शुद्धीकरणमा परेको नामावलीको विषयमा पुःन समितिसँग छलफल गरी नविकरणको सिफारिस गर्ने भएको छ ।
कोभिड–१९ बाट संक्रमित सबै संचारकर्मी तथा सर्वसाधरणको स्वास्थ्य लाभको कामना गर्दै कार्यस्थलमा खटिने संचारकर्मीहरुले आवश्यक सुरक्षाका उपाया अवलम्वन गर्न आव्हान गर्ने निर्णय गरेको सचिव अर्जुन आचार्यले जनाए ।