असोज ७ गते, पथरी । सरकारको निर्देशन बिपरित पीसीआर स्वाब संकलनकै रकम अशुली गर्ने मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित पथरी नगर अस्पतालका स्वास्थकर्मी मुरारी आचार्यले वडा अध्यक्षलाई प्रयोग गरि अनियमिता कार्यको ढाकछोप गर्ने प्रयास गरेका छन ।
कोरोना भाइरस लागे नलागेको परीक्षण गर्न निःशुल्क पीसीआर स्वाब संकलन गर्नु पर्नेमा प्रति व्यक्ति ४ हजार ४ सयको दरले ६ जनाको अस्पतालको गेटपाल(चौकिदार) मार्फत २६ हजार ४ सय रुपैया लिएका थिए । सरकारले भाइरसको लक्षण देखिएका नागरिहरुलाई निःशुल्क पीसीआर परीक्षण गर्दै आएको छ । लक्षण नदेखिएका ब्याक्तीहरुले परीक्षण गर्न चाहेमा बढिमा दुई हजार लिएर परिक्षण गर्न पाउने ब्यबस्था मिलाएको छ ।
त्यसका लागि १ नम्बर प्रदेशको बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालाले मात्र रकम लिएर पीसीआर परीक्षण गर्न पाउँने व्यवस्था छ । स्वाब संकलनको लागि जुनसुकै नागरिकका लागि पनि रकम लिन पाइन्दैन । संघीय सरकारले भदौ २८ गते सो बारे निर्देशन गरेपनि पथरी अस्पतालका कार्मचारी आचार्यले सरकारले निर्देशन गरेको चार दिनपछि चौकिदार मार्फत छ जनाबाट २६ हजार ४ सय रुपैया लिएको तथ्य प्रमाणहरु बाहिर आइसकेको छ ।
सो बिषयबारे सोमबार ब्लाष्ट टाइम्सको अनलाइन सस्करण लगायतका सञ्चार माध्यमहरुमा समाचार आएपछि सोही राती करिव १० बजे नगरपालिका १ नम्बर वडा अध्यक्ष बाबुराम एङ्देन लिम्बूलाई प्रयोग गरि गल्ति ढाकछोप गर्ने कमजोर प्रयास गरेका छन् । पथरीशनिश्चरे नगरपालिका मातहतमा रहेको अस्पताल वडा नं. २ मा पर्दछ । नगर मातहतको अस्पताल भएकोले लिखित निर्देशन दिने हैसियत नगरपालिकालाई मात्र हुन्छ । माथिल्लो तहको अर्को निर्देशन नआएसम्म सरकारी अनुदानमा आएको पीसीआरको लागि स्वाब संकलनको किड बिक्री गर्ने वा रकम लिन आदेश दिने हैसियत नगरप्रमुख मात्र होइन नगर कार्यपालिकालाई पनि छैन ।
वडाध्यक्षहरु कार्यपालिकाको सदस्य भएकाले बैठकमा बिषय उठेमा विचार राख्ने र निर्णय प्रकृयामा सहभागी हुने अधिकार हुन्छ । स्वाब संकलनको पैसा असुल गरेको बिषय सार्वजनिक भएपछि मुरारी आचार्यले १ नम्बर वडा कार्यालयको लेटर प्याड प्रयोग गरी राति करिव १० बजे बिज्ञप्ति प्रकाशन गर्न लगाई गल्ती ढाकछोपको प्रयास गरेका छन ।
वडा अध्यक्ष लिम्बूद्वारा प्रकाशित बिज्ञप्तिमा नगरबासीलाई पीसीआर निशुल्क परीक्षण गर्दै आएको र लुकिछिपी आएका भारतीय नागरिकलाई नगरप्रमुखको निर्देशममा रकम लिन आदेश गरिएको र उक्त रकम अस्पतालको खातामा जम्मा गरिएको उल्लेख छ । बिज्ञप्तिमा समाचारमा आएकै बिषय वडाको लेटर प्याडमा दोहोरिए पछि स्वास्थ्यकर्मी आचार्यको गलत कार्य झन बलियो गरि प्रमाणित भएको छ । नगरपालिकामा हैसियत नपुगेपछि आफू निकटका वडाध्यक्षलाई प्रयोग गरि गलत काम ढाकछोपको प्रयास भएको प्रष्ट भएको छ ।
रकम नगरको खातामा जम्मा भएको उल्लेख भएपनि रकम लिने निर्णय कहि पनि नहुनु, स्वाब संकलनको सरकारी निर्देशन बिपरित रकम लिनु, पैसा अस्पतालको लेखा वा बिलिङ शाखामा नभएर गेटपालेबाट लिनु, प्रति ब्यक्ती बिल नकाटेर एकमुष्ट काटिनु, २६ हजार चार सय लिएर २६ हजारको मात्र बिल काटिनु, पालेबाट सिद्दै लेखामा नलगेर आचार्य आफैले रक्म लिनु, बिलमा अस्पतालको छाप नहुनुले बिषय सार्वजनिक भएपछि मात्र अस्पतालको खातामा आम्दानी बाँधिएको हुन सक्छ ।