वडामा एक अर्ब ५२ करोडको योजना तथा कार्यक्रम
असोज ११ गते, जाँते । मोरङको लेटाङ नगरपालिकाका एक जना वडाध्यक्षले आफ्नो पहल कदमीमा वडामा भएका र जारी विकास निर्माण तथा कार्यप्रगती सार्बजनिक गरेका छन् । उत्तरी मोरङको लेटाङ नगरपालिका–९ का वडाध्यक्ष कृष्णप्रसाद लुईँलेटलले वडाध्यक्षका रुपमा आफ्नो पहल कदमीमा वडामा संघीय सरकार, प्रदेश सरकार र स्थानीयतहबाट सञ्चालीत योजना तथा कार्यक्रमहरुका बारेमा औपचारीक रुपमा सार्बजनिक गरेका हुन् ।
वडाध्यक्ष लुइटेलले आफुले प्रतिनिधित्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङलाईसमेत औपचारीक रुपमा पत्र लेख्दै तीन वर्षमा आफ्नो पहलकदमीमा संघिय सरकार, प्रदेश सरकार र स्थानीयतहबाट सञ्चालीत योजना तथा कार्यक्रमको बारेमा जानकारी गराएका हुन् ।
जनप्रतिनिधिहरु जनताप्रति जवाफदेही, जनउत्तरदायी बन्न जरुरी रहेको भन्दै वडाबासीको सुचनाको हकलाई सम्मान गर्दै वडाध्यक्ष लुइटेलले आफ्नो पहलकदमीमा आर्थिक वर्ष २०७४र०७५ देखि आर्थिक वर्ष २०७६र०७७ सम्म भएका र जारी कामहरु सार्बजनिक गर्दै त्यसको विवरण पार्टीलाईसमेत बुझाएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थानीय नेता समेत रहेका वडाध्यक्ष लुइटेलले आफ्नो पहलकदमीमा वडामा भएका काम र त्यसको प्रगतिका बारेमा सार्बजनिक गरेका हुन् । उनले पनि सो को विवरण एक प्रति नेकपा मोरङ र एकप्रति पार्टीको लेटाङ नगर कमिटीलाई बुझाएका छन् ।
वडाध्यक्ष लुइटेलले वडाको पहल कदमीमा संघ, प्रदेश र स्थानीयतहबाट तीन आर्थिक वर्ष भित्रमा वडामा १ अर्ब ५२ करोड २९ लाख रुपैयाँ बराबरका योजना र कार्यक्रम सञ्चालन भएको उल्लेख गरेका छन् ।
सडक, कल्भर्ट, पुल, खानेपानि, कृषि, शिक्षालगायतका योजना अन्तर्गत काम भएको वडाध्यक्ष लुइटेलले सार्बजनिक गरेका छन् । वडाध्यक्ष लुइटेलले जनताप्रति जनप्रतिनिधिहरु उत्तरदायी बन्नुपर्छ भन्ने मान्यता अनुसार आफ्नो पहल कदमीमा भएका काम र प्रगति सार्बजनिक गरेको बताए । जसअन्तर्गत तीन आर्थिक वर्षमा वडामा संघिय र प्रदेश सरकारका १ अर्ब ५० करोड २२ लाख ५० हजार रुपैयाँको योजना तथा कार्यक्रम सञ्चालन भएको वडाध्यक्ष लुइटेलले बताएका छन् ।त्यसैगरी आफ्नो पहलकदमीमा वडास्तरीय योजना आर्थिक वर्ष २०७४र०७५ मा ४६ लाख ५० हजार रुपैयाँ, दोश्रो आर्थिक वर्ष २०७५र०७६ मा ७५ लाख र तेस्रो आर्थिक वर्ष २०७६र०७७ मा ८५ लाख रुपैयाँको योजनाको वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालन भएको वडाध्यक्ष लुइटेलले उल्लेख गरेका छन् । सो को जानकारी पत्र नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल र लेटाङ नगरकमिटीलाई बुझाएका छन् ।नेकपा मोरङका अध्यक्ष पोखरेलले वडाध्यक्ष लुइटेलले कार्यप्रगतिसहितको विववरण पार्टीलाई बुझाएको जानकारी दिए । उनले जनप्रतिनिधिहरु जनताप्रति जनउत्तरदायी हुनुपर्ने पार्टीको नीति र निर्देशन बमोजिम पार्टीबाट निर्वाचित जनप्रतिनिधिहहरुले आफ्नो पहलकदमीमा वडामा भएका कामबारे पार्टी र जनतालाई औपचारीक रुपमा जानकारी गराइरहेको बताए ।
अहिलेसम्म ६ जनाले बुझाए कार्य प्रगति विवरण
पार्टीले निर्देशन दिएको ६ महिना बढी समय भएपनि अहिलेसम्म ६ जना जनप्रतिनिधिहरुले मात्र विवरण बुझाएको अध्यक्ष पोखरेलले बताए । अध्यक्ष पोखरेलका अनुसार हालसम्म मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, क्षेत्र नं. ६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डित, क्षेत्र नं. ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य राजकुमार ओझा, रतुवामाई नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नन्दकुमार चापागाइ, वडा नं. ६ का वडाध्यक्ष तुलाराम लुइटेल र लेटाङ–९ का वडाध्यक्ष कृष्णप्रसाद लुइटेलले आफ्नो पहल कदमीमा भएका कामहरु सार्बजनिक गरि त्यसको विवरण पार्टीलाई बुझाइसकेको जानकारी दिए ।
अध्यक्ष पोखरेलले अन्य जनप्रतिनिधिहरुले पनि क्रमश संघिय, प्रदेश सरकार र स्थानीयतहबाट आफ्नो पहलकदमीमा भएका कामहरु सार्बजनिक गर्दै त्यसको विवरण बुझाउने क्रम जारी रहेको बताए । उनले जिल्लामा नेकपाबाट निर्वाचित वडाध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका मेयर, उपमेयर, प्रदेश तथा संघिय सांसदलगायत सवै जनप्रतिनिधिहरुलाई यसरीनै यथासिघ्र सार्बजनिक गर्दै त्यसको विवरण पार्टीलाई बुझाई जनउत्तरदायी बन्न आग्रह गरेका छन् ।
हुर्नुहोस् वडाध्यक्ष लुइटेलको पहलकदमीमा लेटाङ–९ मा भएका काम
नगर, प्रदेश र संघको एक अर्ब ५० करोड २२ लाखको योजना तथा कार्यक्रम
१. मोरङी तेली मदन मार्ग कालोपत्रे योजना रु १ करोड ५० लाख(वडा, नगर, प्रदेशबाट)
२. सखुबानी गणेश मन्दीर कालोपत्रे योजना रु १ करोड ५० लाख (वडा, नगर, प्रदेशबाट)
३. प्रदेश सरकारबाट मोरङी खोला तटबन्धन रु २० लाख
४. जाँतेको पहिचान विश्वकै ठुलो जाँतो निर्माण रु १० लाख (प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मार्फत)
५. श्री मावि लेटाङ–९ जाँतेको कम्पाउण्ड घेराबारा रु १५ लाख (प्रदेश सरकार)
६. श्री मावि लेटाङ–९ जाँते विज्ञान प्रयोगशाला निर्माण रु ६ लाख ५० हजार (प्रदेश सरकार)
७. श्री मावि लेटाङ–९ जाँते कम्प्युटर खरिद ४० सेट प्रिन्टरसहित रु ४० लाख(संघिय सरकार)
८.स्वर्गद्धारी विश्रान्ती घाट सिनर्माण प्रधानमन्त्री स्वरोजगार कार्यक्रम रु १० लाख
९. बैजनाथ संस्कृत विद्यापीठ भवन निर्माण रु ७ लाख ५० हजार (प्रदेश सरकार)
१०. केन्द्रय सरकारबाट मोरङी खोलामा पुल रु ४२ करोड(ठेक्का लागि सकेको)
११. तेली खोलामा पक्कि पुल निर्माणका लागि ठेक्का लागि सकेको रु ५० करोड
१२. पथरी जाँते ज्यामिरे कालोपत्रे योजनाको काम सञ्चालन भइरहेको रु ५४ करोड(प्रदेश सरकार)
१३. तेली बाह्रगोठे धानखेती स्पेशल ग्राभेल रु १३ लाख ५० हजार
आर्थिक वर्ष २०७४र०७५ मा वडास्तरीय रु ४६ लाख ५० हजारको योजना
आर्थिक वर्ष २०७५र०७६ वडास्तरीय रु ७५ लाखका योजना
(क) आर्थिक विकास
१. च्याउ खेती, मौसमी तथा बेमौसमी खेती तालिम, बिउपुजि अनुदान र सामुहिक खेतिगर्ने एक समुहलाई टनेल वितरण कार्यक्रम रु. २ लाख
२. शंखेकिरा नियन्त्रण कार्यक्रम रु. १ लाख
३. उन्नत पशुपाला(गाई, भैँसी, बंगुर) ए. आई अनुदान रु २५ हजार
४. आयमुलक तालिम (अपाङगमुखि आयमुलक ढाका बुनाई, ड्राइभिङ तालिम) रु. २ लाख २५ हजार
५. थुक्पा उत्पादना उद्योग अनुदान रु.२५ हजार
६. अचार तालिम रु २५ हजार
(ख) समाजिक विकास
१. सामुदायीक विद्यालयका जेहेन्दार विपन्न बालबालिकाहरुलाई पोशाक वितरण कार्यक्रम रु. १ लाख
२. सामुदायीक विद्यालयबाट उच्च अंक ल्याइ एस.ई,ई र कक्षा १२ उतिर्ण विद्यार्थीलाई प्रोत्साहन छात्रबृत्ति रु १ लाख
३. महिला स्वयंसेविका प्रोत्साहन रु २६ हजार
४. दलित उत्थान कार्यक्रम सञ्चालन रु ५० हजार
५. जनजाती लक्षित कार्यक्रम ड्राइभिङ तालिम रु १ लाख
६. बस्ति पुच्छर हात्ति चोकमा संस्कृती प्रवद्र्धनका लागि जाँतो निर्माण रु ७४ हजार
७. अन्तराष्ट्रिय महिला दिवस, तिज विषेश कार्यक्रम, क्रिसमस, साकेला, बुद्ध जयन्ती कार्यक्रम र सामुदायीक दुर्गा मन्दीरमा माइक सेट खरिद रु १ लाख
८. जेष्ठ नागरिक सम्मान कार्यक्रम (सत्तरी वर्ष माथिका जेष्ठ नागरिकलाई यातायात खर्च, टर्च लाइट, जुत्ता वितरण तथा फलफुल खुवाएर ) रु १ लाख ५० हजार
९. वडास्तरीय पुरुष फुटबल प्रतियोगिता र वडा नं. ९ को टोल विकास स्तरीय महिला फुटबल प्रतियोगिता रु २ लाख
१०. बौद्ध गुम्बा अधुरो गेट निर्माण रु ५० हजार
(ग) पूर्वाधार विकास
१ मोरङी खोलाको डिलदेखि तेलि खोलाको डिलसम्म कालोपत्रे सडक निर्माण योजना रु १५ लाख
२. तेलि खोला डिलदेखि च्यानडाँडा र देवारी माइलाको घर दक्षिण धानखेती स्कुलको कल्भर्ट सम्म बाटो ग्राभेल रु २ लाख
३. होम पाइप खरिद तथा जडान रु १ लाख ५० हजार
४. बिजुली बिस्तार (पोल, तार खरिद) रु ४लाख(२५००००ं१५००००)
५. होम पाइप खरिद रु ७ लाख २५ हजार (५७५०००ं१५००००)
६ विद्युत जडान नभएका विपन्न परिवारलाई सोलार वत्ति वितरण रु १ लाख
७. पापुगैडा पश्चिम जनसेवा मार्गसम्म बाटो स्तरोन्नती र वडा नं. ८ को सीमानासम्म २० फिटे बाटो निर्माण रु २ लाख
८. चोर गौडा पश्चिम इन्द्रप्रसाद भट्टराइको घरहुँदै जय नारायण निरौलाको घरसम्म तेर्सोबाटो ८ नं. वडाको सीमानासम्म बाटो ग्राभेल रु २ लाख
९. कुरुम्बाङको घरपूर्व बाटो ग्राभेल र डिल्ली बिकको घरछेउ गोधुली मार्ग ट्र्याक खोलिएको रु २ लाख
१०. धनबहादुर दर्जीको घरहुँदै भीम सेन्दङको घर उत्तर जाँते पथरी मुलबाटोसम्म जोड्ने र शुक्रबारे बजारदेखि चुडामणी दुलालको घरसम्म बाटो ग्राभेल तथा ट्रायाक खोलिएको रु ३ लाख
११. सिद्धार्थ मार्गदेखि मुना राईको घर छेउ हुँदै सन्त राईको घर छेउ जोड्ने कृषि लोकमार्ग ट्रयाक रु २ लाख
१२. इन्द्र मगरको घरपूर्वबाट धार्मिक मार्ग जोड्ने बाटो र पारुहाङ चोक उत्तर दलबहादुर सार्कीको घर अगाडीको ठाडो बाटो शन्देश माङधना मार्गसम्म जोड्ने बाटो ग्राभेल रु २ लाख
१३. सृजनशिल मार्ग ग्राभेल र सोही बाटोको मोरङी पैनीमा आरसिसि कल्भर्ट निर्माण रु २ लाख
१४. अस्थायी प्रहरी चौकीदेखि उत्तर सिमाना मार्ग तेर्सो सडक र श्री मावि पश्चिम डिपिएम मार्गसम्म बाटो ग्राभेल रु २ लाख
१५. अस्थायी प्रहरी चौकी व्यवस्थापन रु २५ हजार
१६. किसान कुलो टेक्राह पैनि मर्मत रु १ लाख
१७. सिंहदेवि पैनी मर्मत रु ५० हजार
१८. श्री शिक्षा ज्योती आधारभुत विद्यालय भवन मर्मत तथा रंग रोगन रु १ लाख
१९. खोप केन्द्रको भवन निर्माण रु १ लाख
२०. श्री मावि फर्निचर निर्माण योजना रु २ लाख
२१. गोधुली मार्ग स्तरोन्नती रु १ लाख
(घ) वातावरण तथा विपद व्यवस्थापन
१. विपद व्यवस्थापन रु १ लाख
२. फोहरमैला व्यवस्थापन अन्तर्गत नकुहिने फोहरलाई सामुदायीक बनसँग समन्वय गरि वन क्षेत्रमाम खाल्डो खनि व्यवस्थापन रु ५० हजार
३. पूर्णसरसफाई कार्यक्रम रु ५० हजार
४. जलाधार संरक्षण अन्तर्गत तेली बाह्रगोठे खानेपानि मुल ट्यांकी मर्मत तथा संरक्षण रु ५० हजार
५.जलबायु परिवर्तनसँग सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम रु ५० हजार
(ङ) सुशासन तथा संस्थागत विकास
१. वडाका जनप्रतिनिधि र टोल विकास संस्थाका पदाधिकारीहरुको क्षमता विकास कार्यक्रम रु २५ हजार
२. पर्यटन विकासको सम्भावना पहिचानका लागि अध्ययन अवलोकन कार्यक्रम रु १ लाख
३. वडा कार्यालयमा प्रयोग भएको सामानहरु मर्मतसम्हार रु ३० हजार
४. राजश्व परिचालन तथा शुसासन सम्बन्धी तालिम रु २५ हजार
५.वडा कार्यालय व्यवस्थापन तथा विविध रु ५७ हजार
६. चाडबाडमा हुन सक्ने अपराधिक कृयाकलाप हुन नदिन सामुहिक नागरिक गस्तिमा इन्धन रु १० हजार
७. अस्थायी चौकी व्यवस्थापन रु ५० हजार
८. ए आई अनुदान तथा उन्नत जातको घाँस बिउ बितरण
आर्थिक वर्ष २०७६र०७७ मा रु ८५ लाखको वडास्तरीय योजना
(क) आर्थिक विकास
१. शंखेकिरा नियन्त्रण कार्यक्रम रु १ लाख
२. जैविक तथा प्राङ्गारिक मल अनुदान रु १ लाख
३. पापुगौडा पैनिको मुहान निर्माण रु १ लाख ५० हजार
४. स्माली पैनि मर्मत रु ५० हजार
५. टेक्राहा पैनिा ढोका निर्माण रु ५० हजार
६. माथिल्लो मोरङीदेवि पैनि रु ५० हजार
७. मोरङी जनता पैनि रु ५० हजार
(ख) सामाजिक विकास
१. श्रीमावि गुणस्तर शैक्षिक व्यवस्थापन रु १ लाख ५० हजार
२. श्रीमावि अंग्रेजी भवन मर्मत रु २ लाख ५० हजार
३. श्री शिक्षाज्योती प्रा.वि शैक्षिक व्यवस्थापन रु ७५ हजार
४. श्री बैजनाथ संस्कृत विद्यापिठ व्यवस्थापन रु ७५ हजार
५. नवज्योति महिला सामुदायीक धवन रंगरोगन र व्यवस्थापन रु १ लाख
६. सामुदायीक विद्यालयका जेहेन्दार तथा विपन्न विद्यार्थी पोशाक वितरण रु ७५ हजार
७. महिला स्वयंसेविका क्षमता अभिबृद्धि कार्यक्रम रु २४ हजार
८. बौद्ध गुम्बा व्यवस्थापन रु ७५ हजार
९. युमामाङ्हिम गेट निर्माण ७५ हजार
१०. किराँत राई यायोख्खा गेट निर्माण रु ७५ हजार
११. धर्म संस्कृती संरक्षण रु ७१ हजार
१२. दलित उत्थान कार्यक्रम अन्तर्गत बाजा खरिद र तालिम रु ७५ हजार
१३. महिला लक्षित कार्यक्रम रु ७५ हजार
१४. जनजाती लक्षित कार्यक्रम रु ७५ हजार
१५. बालमैत्री कार्यक्रम रु ५० हजार
१६. अपाङ्ग लक्षित कार्यक्रम रु ५० हजार
(ग) पूर्वाधार विकास
१. सुखानी बुढ्यौली चोक बाटो कालापत्रे सडक रु. १५ लाख
२. मौलिक सांस्कृतीक पर्यटन मार्ग सर्वे डिपिआर योजना रु ९ लाख
३. समपुरक कोष रु २ लाख ५० हजार
४.विद्युत विस्तार पोल खरिद रु ३ लाख
५. जनपथ मार्ग कल्भर्ट निर्माण रु २ लाख ८० हजार
६. होम पाइप खरिद रु ५ लाख
७. स्वार्गद्वारी मार्गदेखि सीमाना गल्लिसम्म बाटो ग्राभेल रु १ लाख
८. तेलिखेत बाह्रगोठे मार्ग ग्राभेल रु २ लाख
९. बुढौली चोक नैनको घर पछाडीको बाटो स्तरोन्नती रु ७५ हजार
१०. खेल मैदन व्यवस्थापन रु ५० हजार
११. अस्थायी प्रहरी चौकि भान्सा घर निर्माण रु ५० हजार
१२ सीमाना सडक स्तरोन्नती रु २ लाख ५० हजार
(घ) शुसासन तथा संस्थागत विकास
१. विपद व्यवस्थापन रु ३ लाख
२. समाधिस्थल व्यवस्थापन रु १ लाख
३. सडक योजना मर्मत रु ३ लाख
४. गरिवि निवारण रु १ लाख
५. योजना तर्जुमा तथा योजना अनुगमन मुल्यांकन रु ७५ हजार
६. खानेपानि तथा सरसफाई रु २ लाख
७. खेलकुद विकास रु २ लाख
८. वडा कार्यालयको जग्गा व्यवस्थापन रु १ लाख
९. सुरक्षित प्रजनन तथा पोषण कार्यक्रम रु १ लाख
(ङ) सञ्चालन खर्च रु ५ लाख ५० हजार
विराट टाईम्सबाट