असोज १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले ज्येष्ठ नागरिकहरु जिउँदा भगवान भएकाले उहाँहरुको उचित सम्मान गर्नुपर्ने बताएकी छिन ।
अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवशका अवसरमा आज नगरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि वास्तोलाले ज्येष्ठ नागरिकको अप्ठयारो अवस्थालाई सहज बनाउन र उहाँहरुको सम्मानका लागि नगरपालिका दत्तचित्त रहेको धारणा व्यक्त गरे ।
ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र नगर समितिले आयोजना गरेको कार्यक्रममा, समितिका केन्द्रीय सहअध्यक्ष भूवनेश्वर पोखरेल, नगर अध्यक्ष नेत्रप्रसाद दहाल, सचिव रमेश दहाल, ७ नम्वर वडा संयोजक देवीप्रसाद भेट्वाल सहितले ज्येष्ठको हकहितमा सरकारी पक्षले अझै ध्यान दिनुपर्ने बताइन ।