कानेपोखरीमा एकैदिन ५ जनामा कोरोना भाइरस संक्रमण

असोज १८ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकामा एकैदिन ५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ ।

कोरोना संक्रमित वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीको कन्ट्रयाक टे«सिङमा परेका ५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । कन्ट्रयाक टे«सिङमा परेका र होम आइसोलेसनको गरी जम्मा ३१ जनाको स्वाब संकलन गरिएको थियो ।

स्वाब संकलन गरी पीसिआर टेष्टको लागि असोज १६ गते विराटनगर स्थित कोशी अस्पताल पठाइएको थियो । सो टेष्टको रिपोर्ट आज गाउँपालिकालाई प्राप्त भएको स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारीले बताए ।

गाउँपालिकाको कार्यालय रहेको वडा नं. ६ को रमाइलो चोकमै ३ जनामा कोरोना देखिएपछि अहिले विपत व्यवस्थापन समिति(सिएमसी)को बैठक बसिरहेको छ । कोरोना संक्रमित ५ जना मध्ये निर्णय गर्ने निर्णयकर्ता विपत व्यवस्थापन समितिका सदस्य पनि एकजना संक्रमणमा परेका छन् ।

एक हप्ता अघि पीसिआर टेष्टमा वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीलाई कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएछि वडाकार्यालय बन्द गरिएको छ ।

 

सम्बन्धित खवर