असोज २६ गते, बयरवन । मोरङको कानेपोखरी–६, स्थित रमाइलोको एकै संस्थाका ४ जना कर्मचारी र ३ जना संचालक समितिमा कोरोना संक्रमण देखिएको छ ।
जनएकता बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष भोला अधिकारी, लेखा समिति संयोजक कुमार फुयल, लेखा समिति सदस्य नविन पौडेल, ब्यबस्थापक पवित्रा खतिवडा, सहायक ब्यबस्थापक डोरमणी श्रेष्ठ, कार्यलय सहायक खगेन्द्र कार्की र प्रशासकीय सहायक सागर श्रेष्ठलाई कोरोना संक्रमण भएको हो ।
संचालक र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संस्था गत १९ गते सोमबार अनिश्चितकालिन बन्द रहेको छ । संस्थाको अध्यक्ष भोला अधिकारी, लेखा समिति संयोजक कुमार फुयल, लेखा समिति सदस्य नविन पौडेल, कर्मचारी सागर श्रेष्ठेको कन्टयाक टे«ेसिङमा परेका अन्य कर्मचारी पवित्रा खतिवडा, डोरमणी श्रेष्ठ र खगेन्द्र कार्कीलाई २३ गते शुक्रबारको गाउँपालिकामा आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो ।
कोरोना संक्रमित वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीको कन्टयाक टे«सिङमा संस्थाको अध्यक्ष भोला अधिकारी, लेखा समिति संयोजक कुमार फुयल, लेखा समिति सदस्य नविन पौडेल र कर्मचारी सागर श्रेष्ठको असोज १८ गते आएको पीसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो ।
गाउँपाकिलाको स्वास्थ्य शाखाले कन्टयाक टे«सिङमा परेका संस्थाको अन्य ५ कर्मचारीहरुको आइतबार स्वाब संकलन गरिएको छ । कम्पुटर साहायक निर्मल सिवा, द्रोपदा, कुमार फुलय, लेखनाथ र तीर्थ पाँचकोटीको स्वाब लिएको हो ।
सुरुमा संक्रमण देखिएको संस्थाको अध्यक्ष भोला अधिकारी, कुमार फुयल, नविन पौडेल, सागर श्रेष्ठे होमआइसोलेसनमा आज ११ दिन भैसकेको छ । संक्रमण देखिएको भने ९ दिन भएको छ ।