असोज २८ गते, विराटनगर । नेपाल बाल संगठन मोरङको सभापतिमा गोकर्ण घिमिरे मनोनयन भएका छन् ।
महिला तथा बालबालिका मन्त्रालय मातहत रहेको संगठनको केन्द्रीय कार्यसमितिको असोज १६ गतेको बैठकले मोरङका लागि विराटनगरका घिमिरेलाई मनोनित गरेको हो ।
घिमिरे अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका केन्द्रीय सदस्य, तथा नेकपा विराटनगर महानगर कमिटी सचिवालय सदस्य तथा विद्यार्थी फाँट ईन्चार्ज हुन ।
संगठनको चल अचल सम्पती ब्यबस्थित अभिलेख राख्ने र संरक्षण गर्ने, संरक्षण बिहिन बालबालिकाको सहारा बन्न जिम्मेवारी आएको छ ।
घिमिरेले दुई जना सदस्य मनोनयन गर्ने र तीन महिनाभित्र जिल्ला सभा गरि कार्यसमिति गठन गर्नुपर्ने छ ।