असोज २९ गते, विराटनगर । प्रदेश १ सरकारले प्रदेश १ का ११ जिल्लाका १ र १ स्थानीय तहलाई मुख्यमन्त्र एकीकृत शान्ति सुरक्षा विपद ब्यवस्थापन र स्वास्थ सेवाका लागि १र१ थान बारुण यन्त्र र प्रहरी भेन हस्तान्तरण गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा बिहीबार विहान आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले बारुण यन्त्र र प्रहरी भेन हस्तान्तरण गरेको हो ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले खरिद गरेको ५ करोड ६७ लाख २० हजार रुपैयाँ बराबरको ११ वटा बारुणयन्त्र र ६ करोड २८ लाख २७ हजार ४६० रुपैया बराबरको १४ वटा प्रहरी भ्यान हस्तान्तरण गर्ने जनाएको छ । तीनवटा हिमाली जिल्लाहरु ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुको लागि अर्को चरणमा तीन सामाग्री हस्तान्तरण गरिनेछ ।
बिहीबार सुनसरी जिल्लाको कोशी गाउँपालिका, झापाको कमल गाउँपालिका, ईलामको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, खोटाङ्गको खोटेहाङ्ग गाउँपालिका, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, भोजपुरको हतुवागढी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकालाई ती सामाग्री हस्तान्तरण गरिएको हो । सेवा केन्द्रका लागि एम्बुलेन्स पनि उपलब्ध गराउने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । एम्बुलेन्स भने प्रक्रियामा रहेको बताइएको छ ।हस्तान्तरण गरिएका दमक, प्रहरी भेन र एम्बुलेन्स सम्बन्धित स्थानीय तहका प्रमुखरअध्यक्ष संयोजक रहेको मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन समितिमार्फत परिचालन हुने मन्त्रालयका कार्यक्रम संयोजक रवि खनालले जनाए । त्यसको सञ्चान भने प्रहरीले गर्नेछ ।