बिहिबार, कार्तिक १३, २०८२

नेकपाका प्रवक्ता श्रेष्ठ किन परे विवादमा

कात्र्तिक १५ गते, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अहिले फेरी किचलो देखिएको छ । नेताहरुबीच देखिने गरी एक अर्का विरुद्ध बोलिरहेका छन् । विशेषगरी पार्टी प्रवक्ताको भनाईलाई लिएर विवाद देखिएको हो ।

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणपछि नेकपामा आरोपप्रत्यारोप चलेको छ । अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा आएकाले भेटेको बताइसक्नु भएको छ ।

तर, यसलाई अतिरञ्जित गरेर राजनीतिक अभिष्ट पुरा गर्न केही सक्रिय राजनीतिज्ञले यसलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन् । विगतमा दिल्लीमा पुगेर लाइन लागेर भेटेर आउने नेताले समेत अहिले उग्र राष्ट्रवाद देखाउन थालेको भनेर कुटनीतिज्ञहरुले समेत भनाई राखिरहेका छन् ।

यही विषयलाई लिएर नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा तानिनु भएको छ । पार्टी अध्यक्ष भेट गर्ने प्रवक्ता विरोध गर्ने भएपछि नेकपाभित्र उहालाई पद छाड्न दवाव परेको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले पनि प्रवक्ता श्रेष्ठको भनाईप्रति असन्तुष्टि जनाउनु भएको छ । प्रवक्ताले आधिकारिक कुरा नबुझिकन बाहिर कुरा ल्याएको भट्टराईले बताउनु भयो ।

‘उहाँ प्रवक्ता हो भने त आधिकारिक कुरा बुझेर, के भएको हो ? पार्टीको पहिलो अध्यक्षले गरेको काम हो ? उहाले (प्रवक्ता) बोल्ने भनेको त पार्टी अध्यक्षलाई सोधेर मात्र हो’, परराष्ट्र सल्लाहकार भट्टराईले भन्नुभयो,‘मैले बोल्नु हुन्छ कि हुदैन, म प्रवक्ताको हैसियतमा छु । कि त पहिला प्रवक्ताको पद छाड्दिन पर्यो ।’

उहाले पार्टीमा कुनै पनि विषयमा चित्त बुझेको छैन भने राख्ने ठाँउ भएको भन्दै सार्वजनिक रुपमा गएपछि प्रवक्ताको जिम्मेवारी कसरी पुरा गर्नुहुन्छ भन्दै प्रश्न समेत गर्नुभयो ।

‘उहाले प्रवक्ताको जिम्मेवारी पुरा गर्नुहुन्छ, पार्टीको आधिकारिक कुरा गर्नुहुन्छ भन्दा स्वयम अध्यक्षलाई खुइल्याउने गरी अध्यक्षका विरुद्ध वक्तव्यबाजी गर्दै हिडेपछि उहा त्यो पार्टीको प्रवक्ता रहिरहेको हो कि होइन् ? त्यो जिम्मेवारी भूमिका उहाले निर्वाह गरिरहनु भएको छ कि छैन ? निर्वाह गरिरहेन हो कि हैन भनेर प्रश्न त उठ्यो ?’, भट्टराईले भन्नुभयो ।

नेकपाका सांसद एंव नेता महेश बस्नेतले प्रवक्ता व्यक्तिगत कुरामा रुमलिन नहुने बताउनु भयो । उहाले प्रवक्ताले पार्टीको कुरा भन्न नसक्ने र व्यक्तिगत कुण्ठामात्र व्यक्त गर्ने हो भने प्रवक्ता पद छाड्नुपर्ने स्पष्ट पार्नुभयो ।

‘पार्टीको हित, संगठनको हित र समाजको हित भन्दा तल व्यक्ति हित राख्नेगरी सपथ खाएको मान्छेले संगठनको हितमा बोल्नुपर्छ’, उहाले भन्नुभयो,‘नेकपाको प्रवक्ता जस्तो मान्छेले यो बेलामा व्यक्तिगत कुरा गर्न नपाउने तर पार्टी र देशको कुरा गर्नुपर्ने हुन्छ ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.