सोमवार, मंसिर १, २०८२

कांग्रेसको विरोध प्रदर्शनमा ‘केपी ओली जिन्दाबाद’ भन्दै नारा घन्किएपछि… (भिडियोसहित)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको बिरोधमा सोमबार गरेको विरोध सभामा प्रधानमन्त्री केपी ओलीको पक्षमा नाराबाजी भएको खबर सार्वजनिक भएको छ ।

प्रधानमन्त्री ओलीको पक्षमा नारावाजी कुनै नियोजित रुपमा नभई कांग्रेसको जुलुसमा सहभागी भएकै जनताले स्वतःस्फूर्त रुपमा लगाएको बताइएको छ । देशभर आयोजित बिरोध कार्यक्रममध्ये जाजरकोटसहित झण्डै आधा दर्जन जिल्लामा कांग्रेसकै कार्यकर्ता समेतले केपी ओली जिन्दाबादका नारा लगाएका हुन । यसरी ओलीकै पक्षमा नारा लगाउने जिल्लामा जाजरकोट, झापा, सुनसरी, रौतहट, सर्लाही, भोजपुर, काभ्रेलगायत रहेका छन ।

जाजरकोटमा आयोजित बिरोध र्याली तथा जुलुसको क्रममा सहभागी सबैले एक स्वरमा प्रधानमन्त्री ओलीको पक्षमा नारा लगाएका हुन । नारा जुलुससहित बिरोध सभामा सहभागी हुन आउने क्रममा सहभागीहरुले भने, ‘नेपाली कांग्रेस क्या भन्छ, केपी ओली ल्या भन्छ ।’

तनहुँमा पुल उदघाटन गर्न गएका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडललाई प्रहरीले नियन्त्रणमा लिएको लगायत सरकारका पछिल्ला जनविरोधी गतिविधीविरुद्ध कांग्रेसले आज देशब्यापी बिरोध प्रदर्शन आयोजना गरेको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.