तीन मन्त्रालयको मन्त्री हुँदा निर्वाचनमा गरेको सवै बाचा पुरा गर्न सहज भयो – मन्त्री ढकाल

राजकुमारी तामाङ

फागुन ७ गते, कानेपोखरी । संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालले अढाई बर्षको अवधिमा तीन वटा मन्त्रालयको मन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचनका बेला गरेको बाचा पुरा गर्न सहज भएको बताए ।

विहिबार मोरङको कानेपोखरी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो कुरा बताएको हो । उनले कानून मन्त्री हुँदा भूमिहिन सुकुम्बासी तथा भूमि सम्बन्धि समस्याको समाधान गर्न भूमि आयोगको कानून लगाएत १६ वटा मौलिक हक सम्बन्धि कानून निर्माण गरेको बताए । सुकुम्बासी सम्बन्धी समस्या सामधान गर्न भूमि आयोगको कानून निर्माणले अहिले देशभर लगत संकलन भईरहेको र यसको छिटै पुर्जा दिने उनले बताए । चुनावको बेला जनताको सवै भन्दा ठुलो माग सुकुम्बासी समस्या हल गर्न माग राखेकोले त्यस समस्याको समाधान भइरहेकोले निकै खुशी रहेको बताए ।

त्यसैगरी जनसंख्या तथा स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा कायपलट भएको बताए । नेपालको स्वास्थ्य क्षेत्रको इतिहासमा देश भर एकै दिन ३ सय ९ वटा अस्पताल मंसिर १५ गते शिलान्यास गर्दै स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेका बताए । स्वास्थ्य क्षेत्रमा मेडिकल माफियाहरुले जनतालाई दुख दिरहेकोले दुख नपाउन भनेर सुन्दरहरैचामा ल्याव सहितको प्रदेश स्तरीय सरुवा रोग अस्पताल र ट्रमा सेन्टर, पथरीशनिश्चरे नगरमा २५ वेड, कानेपोखरी गाउँपालिकामा १५ वेड र बेलबारी नगरपालिकामा १५ वेडको अस्पताल ल्याएको मन्त्री ढकालले बताए ।

२७ बर्ष देखी पूर्वाअञ्चल विश्वविद्यालयको केन्द्रय कार्यलय गोठगाउँमा राख्नु पर्छ भनेर पहिले देखी नै लागि रहेको भएपनि अहिले मन्त्री भएपछि त्यसको कानून बनाएर पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा ल्याएको ४ महिना भएको उनले बताए । यस अघि विराटनगरमा भाडामा केन्द्रीय कार्यालय रहेको थियो । सुन्दरहरैचा नगरको जनताको माग पनि त्यही भएकोले आफुले जनताको चाहान पुरा गरेको बताए ।

आदिवासी जनजाती प्रष्ठिान बनाउने योजना संविधानमा केन्द्र सरकारले नभई प्रदेश सरकारले बनाउने भएकोले त्यसको नीति तथा कार्यक्रममा ल्याएर त्यसको अध्ययनको लागि बजेट पनि छुट्याएको र पथरीशनिश्चरे नगरपालिकाको भुटानी शरणार्थी शिविरमा काम थाल्न पथरीशनिश्चरे नगरपालिकालाई पटक पटक भनिरहेको बताए । क्षेत्र नं. ३ को खोला र नदीको तटबन्धन राज्यको बहुबर्षिय योजनामा परेको छ । विशेष गरेर लोहोन्द्रा खोला, डाँसखोला, बक्रा खोला र चिसाङ खोलामा तटबन्धन गुरु योजना बनाएकोले यसको समाधान क्रमश हुर्दै जाने मन्त्री ढकालले बताए ।

मन्त्री ढकालले वडा नं. ५ को धिमाल जातीय भवन र ग्रामथानको अवलोकन गर्दै ग्रामथान निर्माणको लागि आवश्यक रकम उपलब्ध गराउने उद्घोष गरेका थिए । त्यसैगरी वडा नं. ५ कै कालीकोशी सिमसार, वडा नं. ७ मा रहेको कानेपोखरी र भलुवा सिमसार अवलोकन गरेका थिए । संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट कानेपोखरीको पर्यटकीय क्षेत्र विकासको लागि यस आर्थिक बर्षमा ३ करोड ५० लाख रकम विनियोजन भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कानेपोखरी गाउँकमिटिका अध्यक्ष भोला अधिकारीको सभापतीत्वमा भएको कार्यक्रममा गाउँ कार्यलय सदस्य दान बहादुर बस्नेतले संचालन गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा नेकपा जिल्ला सल्लाहकार संयोजक ताराबहादुर काफ्ले, गाउँपालिका उपाध्यक्ष तथा नेकपा जिल्ला सचिवलाय सदस्य राजमती इङमक, राष्ट्रिय युवासंघ नेपालका जिल्ला अध्यक्ष नविन पौडेल लगाएत अतिथि रहेका थिए ।

 

सम्बन्धित खवर