सिंहदेवीको स्वर्ण महोत्सव : वडाध्यक्ष गुरुङद्धारा ५ लाख ११ हजार सहयोग

फागुन ७ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिका – ५, नम्बर वडाका अध्यक्ष चरण गुरुङ परिवारले विद्यालयमा सरस्वतीको मन्दिर निर्माण र अक्षयकोष स्थापनाको लागि ५ लाख, ११ हजार, १ सय ११ रुपैया रकम विद्यालयलाई प्रदान गर्ने भएको छ ।

गुरुङ परिवारले आफ्नो स्वर्गीय माता उत्तर कुमारी गुरुङको स्मृतीमा सो बराबरको रकमले सिंहदेवी माध्यामिक विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गर्ने र बाँकी रकम स्वः उत्तर कुमारी गुरुङ अक्षयकोष स्थापना गर्ने भएको हो ।

शुक्रबार विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन कार्यक्रममा अतिथि रहेका वडाध्यक्ष गुरुङले बोल्ने क्रममा सो बराबरको रकम मन्दिर निर्माण र अक्षयकोष स्थापनाको लागि प्रदान गर्ने उद्घोष गरेका थिए ।

सो रकमले स्वर्ण महोत्सव अवधि भित्र विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गर्ने र बाँकी रहेको रकमले स्वः उत्तर कुमारी गुरुङ स्मृती अक्षयकोष स्थापना गर्ने अध्यक्ष गुरुङले बताए । विद्यालय व्यवस्थापन अध्यक्ष भोजकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले प्रमुख अतिथि रहेका थिए ।

सम्बन्धित खवर