फोटो फाइल
बैशाख ९ गते, बेलबारी । मोरङको बेलबारी – २ लालभित्तीमा रहेको निजि स्कुलका प्रिन्सिपलले आफ्नै छात्रालाई यौन दुव्र्यवहार गरेको खुलेको छ ।
शिक्षा सन्देश ईंलिस स्कुलका प्रिन्सिपल राजेश खत्रीले कक्षा १२ मा अध्ययनरत छात्रालाई शैक्षिक भ्रमणको क्रममा यौन दुव्र्यवहार गरेको रहस्य खुलेको हो । कक्षा १२ को होटल म्यानेजमेन्ट संकाय पढ्ने ३७ जना विद्यार्थीको समूह गत चैत्र ११ गते ५ दिने शैक्षिक भ्रमणको क्रममा काठमाण्डौ विद्यालयले लगेको थियो ।
घटना विवरण अनुशार सबै विद्यार्थीहरु भ्रमणमा निस्के पनि खुट्टा दुखेकी छात्रा कोठामै बसिन् । सो दिन विद्यालयका प्रिन्सिपल खत्री पनि भ्रमणमा गएनन् । कोठामै बसेकी छात्रालाई प्रिन्सिपल खत्रीले शुरुमा बाहिरबाट ढोका ढकढक गरेर ढोका खोल्न लगाएका थिए ।
कोठामा प्रवेश गरेपछि खै कहाँ दुख्यो भन्दै खत्रीले खुट्टा सुमसुमाएका थिए । त्यसपछि छात्रालाई अँगालो हालेर सेल्फी खिचे । संगै उभिएर उचाई नाप्ने जस्ता अनैतिक क्रियाकलाप गरेको छात्राले अभिभावकलाई बताएकी थिइन् । यी सबै क्रियाकलापबाट सशंकित भएकी छात्रा कोठाबाट बाहिर गएपछि उनका साथीहरुलाई सुनाएका थिए ।
साथीहरुले उनी माथि यौन दुव्र्यवहार र अनैतिक कार्य भएको भन्दै प्रिन्सिपल खत्रीलाई सोही दिन प्रश्न गरेका थिए । त्यसैगरी विद्यालयका अनुशासन प्रमुख रोशन परियारले छात्राहरुलाई वन्दकोठामा राखेर यो घटनालाई अभिभावकलाई नसुनाउन भन्दै दवाव दिएका थिए । यस विषयमा विद्यालयका प्रिन्सिपल राजेश खत्रीले भने छात्राको कोठामा गएको स्वीकार गर्दै उनी माथि यौन दुव्र्यवहार भने नगरेको बताएका छन् । उता पीडित परिवारले भने आफ्नो छोरी माथि करणीको आसयले उक्त व्यवहार गरेको बताएका छन् ।
घटनाको विषयमा छात्राले राती १२ बजेनै प्रिन्सिपल राजेश खत्रीले आफू माथि अनैतिक कार्य गरेको भन्दै आफ्नो अभिभावकलाई फोन गरेका थिए । घटनाको भोलि पल्ट भ्रमण टोली फर्किएका थिए । भ्रमण टोली आउन साथ पीडित छात्राको परिवारले प्रिन्सिपल खत्रीलाई कारवाहीको लागि दवाव दिएपछि उनलाई विद्यालय संचालन समितिले छात्रा माथि अनैतिक कार्य गरेको भन्दै विद्यालयबाट निष्कासन गरेको छ ।
त्यसैगरी अनुशासन प्रमुख रोशन परियारलाई पनि छात्राहरुलाई घटनालाई सार्वजानिक नगर्न दिवाव दिएका कारण विद्यालयले निष्कासन गरेको छ ।
वडाध्यक्ष गौतमले माफी मागे
यसै विषयमा मोरङ बेलबारी नगरपालिका वडा नं. २ का वडाध्यक्ष घनश्याम गौतमले पीडित परिवारसँग माफी मागेका छन् । वडा कार्यालयमा उक्त घटनामा पीडित परिवारले पाँच लाख लिएर मिलाएको भन्दै सार्वजनिक गरेपछि पीडित परिवारलाई थप पिडा दिने माध्यम बनाएपछि माफी मागेको हो ।
वडाका अध्यक्षबाटै आधारहिन कुरा गरेर पीडित परिवारलाई आघात पुर्याएको भन्दै पीडित परिवारले बुधवार वडाकार्यालयमै पुगि वडाध्यक्ष घनश्याम गौतम माथि स्पष्टिकरण मागेका थिए । पीडित परिवारका साथै महिला अधिकारकर्मीहरु समेतको उपस्थितिमा वडाध्यक्ष गौतमले आफूले बोलेको विषयमा माफी मागेका थिए ।