सरकारको महत्वपूर्ण निर्णयः आमाको नागरिकता भएका सन्तानले जन्मसिद्ध नेपाली नागरिकता पाउने

जेठ ६ , काठमाडौँ । सरकारले नागरिकताको सम्बन्धमा निकै महत्वपूर्ण निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्ध आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय हो ।

मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार आमाको नागरिकता भएर पनि कतिपयले नागरिकता पाइनरहेको अवस्थामा यस्तो निर्णय लिइएको हो ।

अब यसबाट धेरैले नागरिकता बिहीनताको अवस्थामा नेपाली भएर बाच्नुपर्दैन । यसअघि धेरै प्रमाण जुटाएर नेपाली हो भन्ने प्रमाण पेश गर्दा पनि नागरिकता नपाएको उदहारणहरू पर्याप्त रहेका छन ।

सरकारको यो निर्णयसँगै विगत ३५ वर्षदेखि विभिन्न प्रमाण बोकेर गृहमन्त्रालयमा धाउन बाध्य नुवाकोटका जोनी जेकेले पनि नागरिकता पाउने हुनुभएको छ । यस्ता पाँच सय भन्दा बढी फाइलहरू अहिले पनि गृहमन्त्रालयमा रहेका छन ।

सम्बन्धित खवर