आगामी वर्षभित्र भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने घोषणा, ६८ करोड बजेट विनियोजन

जेठ १६ गते, काठमाडौं । सरकारले आगामी वर्षभित्र भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेको हो ।

यो काम भूमिसम्बन्धी समस्या समाधान आयोगबाट गरिनेछ । जसका लागि ६८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, उनले चालू आर्थिक वर्षको तुलनामा रासायनिक मल खरिदका लागि नयाँ बजेटमा एक अर्ब रुपैयाँले वृद्धि भएको जानकारी गराए ।

चालू आर्थिक वर्षमा सरकारले मल खरिदका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

सम्बन्धित खवर