शुक्रबार, मंसिर ५, २०८२

नम्बर लेख्ने अभियान सुरु

साउन २५ गते, पथरी । ट्राफिक प्रहरी कार्यालय पथरीले गाडी, अटो सफारी र मोटरसाइकलमा नम्बर लेख्ने अभियान सुरु गरेको छ ।

आइतबार देखि सुरु गरिएको सो अभियानको मुख्य उद्देश्य भनेको दुर्घटना न्यूनिकरण नै हो । ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख शैलेन्द्र कुमार गच्छदारले भन्नुभयो–‘अनटेस्ट बाइक र गाडीले दुर्घटना गरेर भाग्दा समस्या आउने अनि पुराना मोटरसाइकलहरूका प्रायः नम्बरहरु स्क्राच हुनेभएकोले हामीलाई कारवाही गर्न सहज होस् भन्ने अभिप्रायले यो अभियान अघि बढाइएका हौं ।’

हालसम्म सो अभियानमा ८६ वटा सवारी साधनको नम्बर पुर्नलेखन गरिएको गच्छदारले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.