भदौ ७ गते, बेलबारी । मोरङको बेलबारीमा छोरीको बलात्कारको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार १४ वर्षीय छोरी बलात्कार गरेको आरोपमा बेलबारी ११ का ५१ वर्षीय नेपाली सेनाका पूर्व जमदारलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनी विरूद्ध जवरजस्ती करणी मुद्दामा म्याद थप अगरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।