शुक्रबार, मंसिर ५, २०८२

मिक्लाजुङमा १० शैयाको अस्पताल शिलान्यास

भदौ १४ गते, मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालीकामा १० शैयाको मिक्लाजुङ सामुदायिक अस्पतालको सिलान्यास गरिएको छ ।

सोमाबार संशद तथा पुर्व मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले मिक्लाजुङ सामुदायिक अस्पतालको शिलान्यास गरेकी हुन । मिक्लाजुङ गाउँपालिका वडा नं. २ मा निर्माण हुने सो समुदायिक अस्पताल दुई बर्षमा निर्माण सम्पन्न हुनेछ ।

शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै संशद तथा पुर्व मन्त्री तुम्बाहाम्फेले बर्तवमान परमादेशबाट गठित सरकारले जनताको जनभावना अनुसार काम गर्न नसकेको बताइन । साथै वर्तमान सरकारले भुमी आयोग खारेज गरेर बषौं देखीको भुमिहीन सुकुम्बासी, भुमिहीन दलीत र अव्यवस्थीत बसोबासीहरुको समस्या माथी खेलबाड गरेको बताइन ।

मिक्लाजुङमा निमार्ण हुदै गरेको अस्पताल निर्माणको कुल लागत मुल्य अभिवृधी कर सहित १३ करोड ४१ लाख ४२ हाजार छ सय ७५ रुपया ०३ पैशा रहेको छ । यस बर्ष आठ करोड ५८ लाख ९४ हजार पाँच सय पच्चिस रुपया ४८ पैशाको ठेक्का सम्झौता भएको छ । सो अस्पतालको ठेक्का लामा एण्ड युनिभर्र्षल ज्वइन्ट भेन्चरले पाएको छ । सो अस्पताल भवन दुई बर्ष भित्रमा निमार्ण सम्पन्न हुने बताइएको छ ।
भवन निर्माणका लागि मिक्लाजुङ वडा नं. २ का दिलकुमार लिम्बु,देहाङ लावती र श्याम लावतीले ३० रोपनी निःशुल्क जग्गा उपल्बध गराएका छन । सो भवन निर्माण भए पछि मिक्लाजुङ गाउँपालिका क्षेत्रका स्थानीय बासिन्दाहरुले सहज रुपमा स्वास्थ्य सेवा पाउने मिक्लाजुङ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष गौरी राइले बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष सरला राइले नागरिकहरुलाई स्वास्थ्य सेवा सहज र सरल रुपमा दिन मिक्लाजुङ गाउँपालिका निरन्तर रुपमा लागि परेको उपाध्यक्ष राइले बताइन । कार्यक्रममा नेकापा एमाले मोरङका युवा नेता रुपेश खतिवडाले परमादेश बाट गठित बर्तामान सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको बताए । जनताको अधिकार माथी परमादेश बाट जारी सरकारले धावा बोल्दै हक अधिकार कटौंती गरेको बताए ।कार्यक्रममा पथरीशनिश्चरे नगर उपप्रमुख यमुना बिष्ट, लेटाङ नगर उप प्रमुख कृष्णकुमारि पोख्रेल, कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष राजमती ईङनाम, मिक्लाजुङ गाउँपालिका प्रमुख प्रशाशकीय अधिकृत शशि राई, वडाध्यक्षहरु बुद्धीमान लिम्बु, बुद्धीलाल निरौला, शुशिलराज चौहान, नविन कार्की, सोमनाथ अधिकारी, स्वस्थ्यकर्मी , राजनैतिकदलका प्रतिनिधीहरु र स्थानीयको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रम मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम मिक्लाजुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चिन्तामणी पोख्रेलले संचालन गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.