सोमवार, पुस २८, २०८२

काशीनाथ दाहालको स्मृति ग्रन्थ विमोचन

तस्विर: युवराज दवाडीबाट

असोज २६ गते, कानेपोखरी । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले प्रकाशन गरेको काशीनाथ दाहालको स्मृति ग्रन्थ विमोचन गरिएको छ ।

सोमबार मोरङ कानेपोखरी –६, स्थित जनसेवा माविमा कानेपोखरी गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी स्मृति ग्रन्थ ‘आर्दशको आकाश’ विमोचन गरेको हो । स्मृति ग्रन्थ ‘आर्दशको आकाश’ प्रमुख अतिथि प्रतिष्ठाका अध्यक्ष तथा पूर्व सांसद गुरु बराल, अतिथिहरु संविधान सभा सदस्य तथा नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरले, गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, नेकपा एमाले नेता भोला अधिारी, नेकपा माओवादी नेता राजेन्द्र मण्डल लगाएतले विमोचन गरेका थिए ।

जेलको बसाई, मेरो राजनीतिको पहिलो गुरु, कम्युनिष्ट बनाउने मान्छे, जनसेवाका असल शिक्षक, बयरवनका शिरफु, समान व्यवहार, पार्टीको सारथी, असल योद्धा, निर्वाचनको कमाण्डर, काशी सरबाट सिक्ने कुरा लगाएत ४३ जना लेखकले काशीनाथ दाहालको बारेमा लेखेका छन् ।

कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसको सहप्राध्यापक अमृत आचार्यले दाहालको स्मृति ग्रन्थ समिक्षा गरेका थिए । कार्यक्रममा स्व. दाहालकी पत्नी अम्बिका दाहाल सहित परिवारका सदस्यहरु उपस्थित भएका थिए । स्वर्गिय काशीनाथ दाहालको तस्विरलाई माल्यपन गर्दै परिवारको तर्फबाट राम दवाडीले बोलेका थिए ।

वक्तहरुले जनसेवा माविका पुर्व शिक्षकको रुपमा रहदा काशीनाथ दाहालको शैक्षिक योगदान, कम्युनिष्ट आन्दोलनमा भुमीगत अवस्थादेखि प्रजातन्त्र प्राप्ती र कम्युनिष्ट आन्दोलनमा दाहालले दिएका योगदानको बारेमा प्रशंसा गरिएको थियो । २०५४ सालमा शिक्षा पेशा त्यागेर नेकपा एमालेबाट वयरबन गाविस अध्यक्ष भएका थिए । कानेपोखरी ७, बरगाछीमा घर भएका काशीनाथ दाहाल ४७ वर्षको उमेरमा २०६२ सालमा निधन भएको थियो ।

नेकपा एमाले पार्टी र शिक्षक पेशामा रहदा काशीनाथ दाहाललाई नजिकबाट चिन्ने ४३ जना लेखकले लेखेका २०४ पेजको स्मृती ग्रन्थ १ हजार प्रति छापिएको छ । चियापान सहित दशैतिहारको शुभकामनाको पनि रहेको कार्यक्रममा उपस्थितहरुलाई गाउँपालिकाले चिया र नास्ताको व्यवस्था गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका गाउँ पार्टी र वडा पार्टीका अगुवा, जनप्रतिनिधि, कर्मचारीहरु लगाएत गाउँपालिकाले निमन्त्रणा गरेको थियो ।

कार्यक्रम कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष राजमती इङ्नामले गरेकी थिइन् । कार्यक्रम संचालन गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीले गरेका थिए ।

त्यसैगरी कानेपोखरी –७ घर भएका स्वर्गीय मित्रलाल सुवेदीको पनि दुई बर्ष अघि स्वाभिमानको पहाड मित्रलाल सुवेदी स्मृति ग्रन्थ मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले प्रकाशन गरेको थियो । १ सय ६८ पृष्ठको स्मृति ग्रन्थमा २५ जना लेखकहरुले मित्रलालको बारेमा लेखेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.