शुक्रबार, फाल्गुन १, २०८२

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको लागी राष्ट्रिय युवा संघद्वारा ४० हजार संकलन

कानेपोखरी । राष्ट्रिय युवा संघ नेपाल मोरङले गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको लागी आर्थिक संकलन कानेपोखरी गाउँपालिकाबाट सुरु गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल कानेपोखरीले दुई दिनमा म.म. बेचेर ४० हजार ६ सय ५६ रुपैया आर्थिक संकलन गरेको हो । राष्ट्रिय युवा संघ नेपालको विशेष अभियानको सन्दर्भमा आर्थिक संकलन सुरु गरेको राष्ट्रिय युवा संघ नेपाल मोरङका संयोजक नविन पौडेलले बताए ।

अभियान केहिदिनमै मोरङको सवै स्थानीउ तहमा यही अभियान सुरु गरिने संघका संयोजक पौडेलले बताए । सुरु दिनको अभियानमा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, नेकपा पार्टी अध्यक्ष भोला अधिकारी, गाउँपालिका प्रवक्ता सुशील बुढाथोकी, राष्ट्रिय युवा संघ नेपाल कानेपोखरीका संयोजक कुमार फुयाल, सहसंयोजक रचनमान गुरुङ सहितको टोलीले म.म. खाएर उद्घाटन गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.