कांग्रेसले एकद्धार प्रणाली नियमको उल्घंन गर्दै कानेपोखरीमा राहत वितरण

अशोक फुयल, बैशाख ६ गते, कानेपोखरी । दैनिक ज्यालादारी मजदुरलाई राहत उपलब्ध गराउनको लागी सरकारले लागु गरेको एकद्धार प्रणाली नियमको उल्घंन गर्दै नेपाली कांग्रेसले मोरङको कानेपोखरीमा राहत वितरण गरेको छ ।

कानेपोखरी गाउँपालिकासंग समन्वय नै नगरी हिजो शुक्रबार वडा नं. –७, को विभिन्न स्थानमा राहत वितरण गरेका थिए । मेडिकल कलेज संचालक तथा नेपाली कांग्रेसका महासमिति सदस्य सुनिल शर्माको आर्थिक सहयोगमा नेपाली कांग्रेस कानेपोखरीले राहत वितरण गरेको हो ।

राहत वितरणमा काँग्रेस नेता लोकप्रसाद संग्रौला, शेखरचन्द्र थापा, बसन्त भट्टराई, सुनिल शर्मा, मोदराज घिमिरे, मानबहादुर लिम्बु र कानेपोखरी सभापती योगेन्द्र दाहाल लगायतले राहत वितरण गरेका हुन ।

सामाजिक दुरी पनि कायम नगरी १५ केजीको चामलको पोका मजदुरले लिएको र ५ जना नेताले पोका दिएको थुप्रै फोटो खिचेर सामाजिक सञ्जाल रंगाएर गरिवको मजाक उढाएका छन् । लकडानउको बेला नेताहरुमात्र होइन कार्यकर्ता पनि उलेखिय उपस्थित भई राहत वितरणमा सहभागी भएका त्यहाँका स्थानीयहरु बताउँछन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं. ३ मा कांग्रेसको तर्फबाट उम्मेद्वारसमेत रहेका शर्मा जनसंख्या तथा स्वास्थ मन्त्री भानुभक्त ढकालसंग पराजित भएका थिए । शर्माले केही दिनअघि ३ नम्बर क्षेत्रका बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकालाई बेलबारी नगरपालिकामा बोलाएर रकम वितरण गर्ने कार्यक्रम थियो । कानेपोखरी बाहेक अरु पालिकालाई ३० लाख ३६ हजार रकम प्रदान गरेका थिए ।

कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले पैसा लिने बारेमा कसैले खवर नगरेको भन्र्दै रकम लिन गएनन् । तर दिने शर्माले राहत लिन आएनन भनेर व्यापक प्रचारप्रचारमा लागेका थिए । अनलाइन, रेडियोमा मात्र नभएर टेलिभिजनमा पनि लिन आएनन भनेर प्रचार गरी भ्रम फैलाएका थिए ।

उनले मात्र होइनन् कांग्रेसका कार्यकर्ताले राहत लिन नआएको भन्र्दै विरोध गरी सामाजिक सञ्जाल रंगाएका थिए । कानेपोखरी गाउँपालिकाले बास्तविक कुरालाई विज्ञप्ती मार्फ सुचना गर्दै लिन छुटेपनि गाउँपालिकाको आकस्मिक राहत कोषको बैंक खाता नं. D3CA000455752403 मा जम्मा गरिदिन विज्ञप्ती निकाल्दै आग्रह गरेका थिए ।

१ सय ५० परिवारलाई प्रतिघर १५ किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर तेल र एउटा सावुन दिएका थिए । यस विषयमा कानेपोखरी गाउँपालिकाले आपती जनाएको छ । गाउँपालिकाले एकद्धार प्रणाली नियमको उल्घंन नर्गन नेपाली कांग्रेस कानेपोखरीलाई आग्रह गरेको छ । यसैगरी फेरी पनि वितरण गरिएमा नियन्त्रणमा लिने तयारी गाउँपालिकाले गरेको छ ।

यस विषयमा इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीले आफुलाई कुनै जानकारी नआएको र स्थानीय तहले जानकारी गराएमा वितरणमा रोक लगाउने बताए ।

सम्बन्धित खवर