पथरीका मेयर राई भन्छन्,’ ट्रमा सेन्टर उर्लावारीको मंगलबारेमा बन्दा विवाद हुन्छ भने,पथरीमा बनाऔं ’

असार २ गते, पथरी । मंगलबारे अस्पतालको नामाकरणको विषयलाई लिएर भइरहेको आन्दोलनमा छिमेकी पालिकाहरुले पनि चासो देखाउन थालेका छन् । प्रदेश सरकारले आफ्नो बजेटमा मंगलबारे अस्पताललाई स्तरोन्नती गरेर मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकासित गर्ने योजना अनुरुप यो अस्पताललाई प्रदेशको गौरवको आयोजनाको रुपमा राखेसँगै अन्य पालिकाहरुको पनि चासो देखिन थालेको हो ।

उर्लावारीका मेयर र उपमेयरले यस विषयमा आफ्नो आधिकारिक धारणा नदिइरहेको बेला छिमेकी पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले चासो देखाउँदै मंगलबारेमा ट्रमा सेन्टर निर्माण हुनु नै ठूलो उपलब्धी भएको बताएका छन् ।

उनले प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा मदन भण्डारीकै नाममा निर्माण गर्न लागेको ट्रमा सेन्टरलाई सबैले स्वागत गर्नुपर्ने बताएका छन् । पथरीबाट सेवाग्राही समेत आउने मंगलबारेमा अस्पताल अब उर्लावारीको मात्रै चासोको विषय नभएर सिंगो प्रदेशकै सम्पत्ति भएको उल्लेख गर्दै उनले आफ्ना भनाइहरु राखेका छन् ।

मेयर राईले मंगलबारे नै रोज्नुको मुख्य कारण हाइवेलाई लक्षित गरेर बनाइएको अस्पताल भएकाले बताएका छन् । उनले मंगलबारेमा सबैलाई पायक पर्ने स्थान भएकाले दुर्घटनामा परेका मानिसहरुलाई लक्षित गरेर यहाँको अस्पताल लाई प्रदेश सरकारले रोजेको हुन सक्ने बताएका छन् । काठमाडौंबाट पूर्व काकाडभिट्टामा हाइवेलाई टार्गेट गरेर प्रदेश सरकारले उर्लावारीको मंगलबारे लाई ट्रमा सेन्टरको रुपमा रोज्नु नै उपलब्धी भएको बताएका छन् ।

प्रदेशको एउटा लक्षित प्रादेशिक गौरवको योजना हुँदा सबैले स्वागत गर्नुपर्छ । नेपालको वीर अस्पताल मा रहेको ट्रमा सेन्टर नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । यस्तै किसिमको ट्रमा प्रदेश सरकारले बनाउन खोज्दै छ । उनले उपलब्धीको आधारमा अहिले मंगलबारेमा भइरहेको आन्दोलन हो भने त्यो हानिकारक रहेको बताएका छन् । उनले आस्थाको आधारमा यो आन्दोलन भएको हुन सक्ने टिप्पणी गरेका छन् । उनले भने,’प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा निर्माण गरिरहँदा यो योजनालाई नामकै आधारमा समाप्त पार्नु उचित हुँदैन।

मेयर राईले मंगलबारेमा मदन भण्डारी ट्रमा सेन्टर निर्माण भइरहँदा मंगलबारेको झन् पहिचान बढ्ने बताए । उनले भोलिका दिनहरुमा टाढाबाट मानिसहरु उपचार गराउन आउँदा मदन भण्डारी ट्रमा सेन्टर कहाँ छ भन्दा उर्लावारीको मंगलबारेमा भन्ने भएकाले मंगलबारेको पहिचान झन् बढ्ने उनको धारणा छ ।उनले भने,’प्रदेश सरकारले बनाएको ट्रमा सेन्टर कहाँ छ भन्दा मंगलबारे नै भन्छ नि ! यसले झन् पहिचान झन् बढ्छ । इज्जत बढ्छ । जसरी सगरमाथा कहाँ छ भन्दा नेपाल भन्ने नाम आउँछ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा भएको जिल्ला भनेर सोलुखु्म्बु नाम आउँछ । अनि अस्पताल बनेपछि भोलि पनि मंगलबारे भन्ने ठाउँमा अस्पताल छ भनेर मानिसहरु आउँछन् । ’
मेयर राईले आस्थाको आधारमा विरोध भएको हुन सक्ने दाबी गरेका छन् । उनले सर्वासाधरण र सामान्य नागरिकलाई नाम भन्दा पनि सेवा र सुविधाको विषयले महत्व राख्ने भएकाले नामको विषयलाई लिएर विवाद गर्नु उचित नहुने बताए । उनले अहिलेको सरकार नेकपाको र नेकपाले मान्ने नेता मदन भण्डारी भएकाले उसको सरकार हुँदा उसले मान्ने नेताको नाममा संरचना निर्माण गर्नु स्वभाविक रुपमा लिनुपर्ने बताए । उनले मंगलबारे स्थापित नाम भएकाले यसको पहिचान नमेटिने पनि बताए ।

उनलेआन्दोलनको संयोजक हुँदा उपलब्धी के भयो भन्ने कुरा मध्यनजर गर्नुपर्छभनेका छन् ।

मेयर राईले संघर्ष समितिको संयोजक जनप्रतिनिधि हुँदा जनप्रतिनिधिकै भूमिका माथि प्रश्न तेर्साएका छन् । उनलेभने,’ त्यहाँ जनप्रतिनिधि नै आन्दोलनको संयोजक छन् रे भन्ने सुनेको छ । यसले जनप्रतिनिधि हरुलाई आफू प्रतिनिधि भएको बेला उपलब्धी के भयो भन्ने कुरा मध्य नजर गर्नु उपयुक्त हुन्छ । ’

विकास र ठूलो आयोजना र प्रदेश सरकारको अधिकार र क्षेत्रधिकारका बारे राम्रो ज्ञान भएका जनप्रतिनिधहरु नै नामको पछाडि आन्दोलनमा उत्रिदा ’राजनीतिक आस्था’ देखिएको बताए । उनले जनप्रतिनिधि भएर आस्थाको राजनीति गरेपनि समग्र जनताको हित हेर्नुपर्ने बताए ।

उनले कुनै पालिकाको जनप्रतिनिधि भइरहेको बेला आफू जनप्रतिनिधि हुँदा के भयो के कार्य गर्यो भनेर समिक्षा गर्ने समय पनि आउने उल्लेख गरे । उनले भने,’ अहिलेको कम्युनिष्ट सरकारको जति लगानी मंगलबारे अस्पतालमा यसअघि कुनै सरकारले गरेका थिएनन् । आज नेपालकै दोस्रो ट्रमा सेन्टर बनाउने भनिरहेको छ । यो भन्दा ठुलो गौरव र पहिचान त्यहाँका स्थानीयवासीलाई के हुन सक्छ ? ’

अस्पतालको नामाकरण प्रदेशको क्षेत्रधिकार भएको कुरा समेत उनले स्मरण गराएका छन् ।

पालिकाकको हिसाबले हेर्दा उर्लावारीलाई धेरै फाइदा हो,विवाद भएर मंगलबारेमा नहुने हो भने हामी पथरीमा बनाउन आतुर छौं’।

उर्लावारीको मंगलबारे भन्ने ठाउँमा मदन भण्डारी ट्रमा सेन्टर निर्माण हुँदा पालिकाको हिसाबले उर्लावारीलाई धेरै राम्रो हुने उनले बताएका छन् । उनले त्यहाँको ब्यापार व्यवसाय फस्टाउनुका साथै रोजगारीका अवसर सिर्जना हुने बताए ।

उनले मंगलबारेमा मदन भण्डारी ट्रमा सेन्टर निर्माण हुँदा पथरीलाई समेत फाइदा हुने बताएका छन् । उनले यसबाट धेरै पालिकाहरु लाभान्वित हुने बताए ।

उनले यदि आन्दोलनकै कारणले गर्दा प्रदेश सरकार पछि हट्छ भने पथरीमा मदन भण्डारीको नाममा ट्रमा सेन्टर निर्माण हुन्छ भने आफूहरुले स्वागत गर्ने बताए । उनले भने,’यदि विरोधकै कारणले मंगलबारेमा ट्रमा निर्माण भएन भने हामी पथरीमा ल्याउन स्वागत गर्नेछौं । हामी तत्कालनै जग्गा उपलब्ध गराउने छौं । हामीलाई नामसँग सरोकार छैन सेवा र सुविधा पाउनुपर्छ । ’

उनले ट्रमा सेन्टर मंगलबारेमा निर्माण हुनु उर्लावारी जस्तो पालिकाका लागि गौरव र ठूलो कुरा हो । यत्रो ठूलो गौरवको आयोजना निर्माण हुँदा समेत नामलाई लिएर विरोध गर्नु उचित नहुने बताए । उनले सेवा सुविधा र गुणस्तरलाई ध्यान दिनेपर्नेमा जोड दिएका

सम्बन्धित खवर