मोरङमा नेकपा हटाएर राखियो एमालेको बोर्ड

फागुन २४ गते, विराटनगर । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको हुने फैसला सुनाएको भोलिपल्ट मोरङमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ ।

एमाले नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड््ययन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा मोरङमा एमालेको बोर्ड राखिएको हो । नेता ढकालले सर्वोच्चको फैसला पछि सुर्य चिन्ह पनि टुंगो लागेको बताए । उनले भने,‘सुर्य चिन्हबारेको अन्यौल हटेको छ ।’ धेरै कार्यकर्तालाई चिन्हबारे निर्णय नहुँदा अन्यौल रहेको उनले बताए । एमालेले आफ्नो गतिविधि शुरु गरेको उनले बताए । नेकपाको नाममा रहेको सम्पत्ति एमालेकै हुने नेता ढकालले बताए ।
मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जनसंगठनहरुले सोमबार देखि पुर्ववत रुपमै आफ्नो गतिविधि शुरु गर्ने बताए । पोखरेलले पहिलेकै नाममा जनसंगठनहरुले आफ्ना गतिविधि शुरु गर्ने जानकारी दिए ।

कार्यक्रममा तत्कालिन एमाले नेताहरु गुरु वराल, विनोद ढकाल, जनबर्गिय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर