साउन ६ गते, काठ्माडौ । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा पत्र बुझाएका छन् ।
आज साँझ बालुवाटार पुगेर सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहले राजीनामा पत्र बुझाएको हो ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी सांसद सिंहले क्रियाशील सदस्यता वितरणमा धाँदली भएको र अरू पार्टीबाट कांग्रेस प्रवेश गर्नेलाई मनलाग्दी तवरले क्रियाशील सदस्यता दिइएको भन्दै असन्तुष्टि जनाएका छन् ।
आफूले सभापति देउवालाई राजीनामा बुझाएको सिंहले बताए ।