असोज २३ गते, पथरी । मोरङको क्षेत्र नंं ३ को सांसद तथा पूर्व मन्त्रि भानुभक्त ढकालले सुकुम्बासी समस्या समाधान एमालेको सरकारले मात्र गर्ने बताएका छन् ।
शुक्रबार नेकपा एमाले कानेपोखरी वडा नं. ७ शाखा कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा यस्तो कुरा बताएका हुन । पूर्व मन्त्रि ढकालले देशी विदेशीहरु लागेर परमादेशबाट बनेको सरकारले सुकुम्बासी समस्याको समधान गर्न नसक्ने ठोक्कुवा दिएका थिए । एमालेको दुईतीहाई सरकारले सबै काम सकेर धनीपुर्जा वितरण गर्न लागेपछि काम गर्न नदिन एमालेकै केही नेताहरुलाई लोभलाच्चा देखाई सरकार गिराएका छन् , आगामी चुनावमा जनताले त्यसको हिसाबकिताब राम्ररी नै गर्ने ढकालले बताए ।
नेकपा एमालेले आगामी चुनावमा बहुमत ल्याएर एमालेको सरकार बनेपछि सुकुम्बासीहरुलाई धनीपुर्जा दिएरै छाड्ने बताए । सुकुम्बासी आयोग खारेर गरेर यो परमादेश सरकारले ठिक नगरेको बताउँदै फेरी आयोग गठन गरेर धनीपुर्जा दिन्छु भन्नु एकादेशको कथा भएको मन्त्री ढकालले बताए ।
तीन महिनामा पनि सरकार गठन गर्न नसक्नेले केपी ओली नेतृत्वको सरकारले गरेको काम सहन नसकेर १४ सय सडक खारेज गरेर जनतालाई अन्यायमा पारेको बताए । उनले क्षेत्र नं ३ भित्र पर्ने बक्रा खोला, चिंसाङ खोला, डाँस खोला र लोहोन्द्रा खोलाको तटबन्धनको काम सुरु हुने बताउँदै खोलाको दिगो तटबन्धन हुने बताए ।
कार्यक्रममा गाउँ कमिटि सचिवलाय सदस्य तथा वडाध्यक्ष मोहन अधिकारीले कार्यक्रमको औचित्य प्रष्टाउँर्दै वडामा जनप्रतिनिधिहरुले गरेको विकासको बारेमा बोलेका थिए । कार्यक्रममा आयोजकले उपस्थित सवैलाई चिया र नास्ता खुवाएका थिए । उपस्थित अतिथिहरुले दशै,तिहार र छट पर्वको शुभकामना साटासाट गरेका थिए ।
कार्यक्रममा एमाले प्रदेश १ सदस्य तथा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, जिल्ला सचिवलाय सदस्य राजमती इङ्नाम, जिल्ला सदस्य भोला अधिकारी, गाउँ अध्यक्ष दान बहादुर बस्नेत, गाउँ कमिटि सहसंयोजक तथा २ न. वडाध्यक्ष सुशिल बुढाथोकी,सचिव चरण गुरुङ, पूर्व जिल्ला सदस्य हरी पौडेल, खेम पौडेल, कुमार फुयल, जीवन सुब्बा, अशोक फुयल लगाएत उपस्थित रहेका थिए । कार्यक्रम अध्यक्षता वडा नं. ७ पार्टी अध्यक्ष हरि न्यौपानेले गरेका थिए । कार्यक्रम संचालन होम न्यौपानेले गरेका थिए ।








