सोमवार, पुस २८, २०८२

पालिका अधिवेशनको लागि मोरङमा भानुभक्त ढकाल सहित ९० भन्दा बढी नेतालाई जिम्मेवारी दियो

कात्तिक ८ गते, पथरी । नेकपा एमालेको १० राष्ट्रिय महाधिवेशन अन्र्तगत आगामी कात्तिक ९ गते मंगलबार हुने पालिका अधिवेशनका लागि एमाले मोरङले १७ वटै स्थानीय तहरुमा नेताहरुलाई जिम्मेवारी तोकेको छ ।

पालिकाहरुको अधिवेशन सम्पन्न गर्नकालागि नेताहरुलाई अधिवेशन सहजीकरण सहित भव्यता पूर्वक सम्पन्न गर्न गराउन केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य भानुभक्त ढकाल सहित ९० नेतालाई जिम्मेवारी प्रदान गरिएको एमाले मोरङका अध्यक्ष ऋषि पोखरेलले जानकारी दिए ।

एमाले मोरङले मिक्लाजुङ गाउंपालिकाको अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय सदस्य गुरु बराल सहित रामकृष्ण राई, महेन्द्र ढुङ्गेल, देवी आचार्य , मेघनाथ घिमिरे, डिल्ली खतिवडा र सरला राईलाई जिम्मेवारी दिएको छ । केरावारी गाउंपालिकाका लागि प्रदेश कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडा सहित खड्ग बस्नेत, डिल्ली शर्मा, टेकबहादु लिम्बु, शान्ति भुजेल र नविन थापा मगर, पथरीशनिश्चरे नगरपालिकाका लागि प्रदेश कमिटी सदस्य डिपी राई, रामकुमार बस्नेत, देवराज भण्डारी, युवराज बास्कोटा, किशोर राई, विजय डांगी, डम्बर चेम्जोङ, मोहन तुम्वापो र अर्जुन वुढाथोकी, बेलबारी नगरपालिकाका लागि केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य भानुभक्त ढकाल, ज्ञानेन्द्र सुवेदी, नन्दराज गिरी, राजकुमार बस्नेत, मधु गुरुङ, रविन थापा, घनश्याम गौतम, प्रताप थापा, बल्लभ कार्की, इरान राई, राजेश बस्नेत, गीता शिवा रसीता तामाङलाई जिम्मेवारी दिईएको छ ।

त्यसैगरि सुन्दरहरैचा नगरपालिकामा केन्द्रीय सदस्य लालबाबु पण्डीत, हरी घिमिरे, लक्ष्मी फुयाल, राजकुमार ओझा, अजम्बर राई, केदार गुरागांई, ज्ञानेन्द्र ओझा, धना तामाङ, अर्जुनराज अधिकारी, सुरेन्द्रबहादुर थापा, नागेश पोखरेल र इशान राई, कानेपोखरी गाउंपालिकाका लागि केन्द्रीय सदस्य गंगा डागी, तारा काफ्ले, भेषनाथ रिजाल, राजकुमारी इङ्नाम, इन्द्र सुब्बा, योगेन्द्र बस्नेत र भोला अधिकारी, ग्रामथान गाउपालिकाका लागि प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरी, बाबुराम कार्की र गुणवती धामी, कटहरी गाउपालिकाका लागि प्रदेश कमिटी सदस्य महेश भट्टराई, भिमराज राजवंशी, जितनारायण सरदार, श्याम मण्डल , धर्मलाल सिंह र सुवास सरदार, धनपालथान गाउपालिकाका लागि प्रदेश कमिटी सदस्य ज्ञानेश्वर राजवंशी, धर्मानन्द संजेल, शैयद आलम मियां, किरण चौधरी, उपासीदेवी राजवंशी, वसनदेव मण्डल र मुसहरु मण्डल, रंगेली नगरपालिकाका लागि केन्द्रीय सदस्य जीवन घिमिरे, डिल्लीराम दाहाल, सन्तोष साह, मनोज अग्रवाल, डिल्ली घिमिरे, इर्जालाल राजवंशी, प्रदिप साह, भुमा पराजुली, पुनम सापकोटा र दिनेश ठाकाुरलाई जिम्मेवारी दिईएको एमाले मोरङ अध्यक्ष पोखरेलले बताए ।

यस्तै रतुवामाई नगरपालिकाका लागि प्रदेश कमिटी सदस्य नरेश पोखरेल, भुवनसिंह राई, रुपनारायण मिश्र, डिवी कार्की , गोपी चापागाई, मेघराज कट्टेल, दुर्गा विष्ट, शान्तिराम बराल, केशव पोखरेल र नरेश श्रेष्ठ, बुढीगंगा गाउपालिकाका लागि एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, तारा राई , बलभद्र सरदार, नवराज विष्ट, मकर वुढाथोकी, रिता नेउपाने र वैजु विश्वास, बिराटनगर महानगरपालिकाका लागि केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सचिव विनोद ढकाल, खेम नेपाली, राजेश सुब्बा, रमेश पोखरेल, रामलाल साह, पर्शुराम बस्नेत, रामचन्द्र महतो र विमला घिमिरेलाई जिम्मेवारी दिईएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.