प्यारालाइसिस पीडित मुलुकसिंहको उपचारको लागि जापान चुम्लुङद्धारा आर्थिक सहयोग

मंसिर ४ गत, कानेपोखरी । मोरङको कानेपोखरी –४, प्रगती चोक निवासी ६० बर्षिय प्यारालाइसिस पीडित मुलुकसिंह लिम्बुको थप उपचारको लागि कियाचु जापान शाखाले आर्थिक सहयोग गरेका छन् ।

विहिबार लामो समयदेखि प्यारालाइसिस पीडित लिम्बुको घरैमा पुगेर किरात याक्थुङ चुम्लुङ मोरङका अध्यक्ष विवेक लिम्बुले ३८ हजार ४ सय ६० रुपैया सहयोग हस्तान्तरण गरेका छन् । रकमलाई किरात याक्थुङ चुम्लुङ पूर्व संचालक इन्द्र सुब्बा र जयराज संयोक सहितले हस्तान्तरण गरेका थिए ।

किरात याक्थुङ चुम्लुङ जापान शाखामा आवद्ध रहेका नेपालीहरुबाट सहयोग संकलन गरी कियाचु जिल्ला मोरङलाई रकम पठाएको थियो । रकम हस्तान्तरण कार्यक्रम कियाचु मोरङको आयोजनामा भएको थियो । कियाचु मोरङको अध्यक्ष विवेक लिम्बुले रकम हस्तान्तरण कार्यक्रममा जापानबाट पठाएको रकमको जानकारी गराएका थिए ।

यस अघि छिमेकी समाजेवी भूपेन्द्र सुब्बा र हाल वैदेशीक रोजगारमा साउदीमा रहेका भिम लिम्बुको विशेष पहलमा १ लाख १६ हजार १ सय ६० रुपैया रकम हस्तान्तरण गरेका थिए ।

विरामी मुलुकसिंहलाई उपचारको लागि भारतको खरैया सम्म लगेर उपचार भैरहेको भूपेन्द्र सुब्बाले बताए । त्यहाँबाट ल्याएको औषधि अहिले दैनिक प्रयोग गरिरहेको छ ।

सम्बन्धित खवर