जहदा भेट्रानस गोल्डकप : हाम्रो इटहरी भेट्रानस उपाधि नजिक

मंसिर ४ गते, जहदा । मोरङको कानेपोखरी—५, स्थित जहदाको रंगशालामा जारी ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको फाइनलमा हाम्रो इटहरी भेट्रानस एफसी उपाधिको नजिक पुगेको छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा हाम्रो धरान भेट्रानस एफसीलाई टाइब्रेकरमा २–३ गोल अन्तरले हराउँदै हाम्रो इटहरी भेट्रानस उपाधि नजिक पुगेको हो । हाम्रो इटहरीका तर्फबाट पेनाल्टी सुट गर्दा महेन्द्र खवास, दिपेन राई र रामशरण चौधरीले बललाई जाली चुमाएका थिए । त्यसैगरी सुरेन्द्र तामाङ, चन्द्रबहादुर लिम्बूले पोष्ट बाहिर हानेका थिए ।

त्यसैगरी धरानको तर्फबाट जनकराज सुनुवार र योगेन्द्रले राईले मात्र गोल गर्न सफल भएका थिए । अन्य खेलाडी तिर्थराज आलेमगर, सुमन केसि र जोनि मोक्तानले गोल लगाउन सकेन । खेलको म्यान अफ दि म्याच हाम्रो भेट्रानस इटहरीका गोल रक्षक रमेश थापाले घोषित हुदै १५ सय रुपैयाँ सहित ट्रफी हात पारे ।

खेलको सुरूवातमा दुवै टिम आक्रमक देखिएपनि खेल सुरू भएको ४ औं मिनेटमै धरानका लागि जनकराज सुनुवारले १ गोल गरि अग्रता दिलाए । खेलको १५ औं मिनेटमा हाम्रो इटहरीका दिपेन राईले १ गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोश्रो हाफको १५ औं मिनेटमा हाम्रो इटहरीका खेलाडीले धरानका जनकराज सुनुवारलाई पेनाल्टी एरिया भित्र फल गरेपछि त्यस अवसरलाई सदुपयोग गर्दै जनकराज सुनुवारले पेनाल्टी मार्फत अर्को गोल थपे । खेलको २८ औं मिनेटमा हाम्रो इटहरीका दिपेन राईले आकर्षक गोल गरि खेललाई बराबरीमा ल्याए । ६० औं मिनेटको निर्धारित समयमा खेल बराबरी भएपछि अन्तिम निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

भोली आइतबार उपाधिका लागि आयोजक जहदा भेट्रानस एफसी र हाम्रो इटहरी भेट्रानस एफसीका बिच खेल हुनेछ । जहदा भेट्रानसले बिहीबारको खेलबाट फाइनलको यात्रा तय गरेको छ ।

नव प्रगतिशील समाज सेवा क्लबको संरक्षण र जहदा भेट्रानसको आयोजनामा भइरहेको यस भेट्रानस गोल्डकपमा ८ भेट्रानस टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश १ लाख ११ हजार १ सय ११ रुपैयाँ र ६६ हजार ६ सय ६६ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पार्नेछ्न । वेष्ट गोलरक्षक, हाई स्कोरर, अनुशासित खेलाडी, म्यान अफ दि टुनामेन्ट जस्ता विद्या हात पार्ने खेलाडीलाई खेल समापनको दिन नगद २५ सय सहित आकर्षक ट्रफीले पुरस्कृत गरिने भेट्रानस खेलाडी तथा ५ नम्बर वडाध्यक्ष चरण गुरुङले बताए ।

 

सम्बन्धित खवर