कानेपोखरी गाउँपालिकाद्धारा अशक्तलाई ट्राईसाइकल प्रदान

युवराज लिम्बु, पुष १८ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकाले अति अशक्तभै कष्टकर जीवनयापन गरिरहेका चार जनालाई ट्राईसाइकल वितरण गरेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष राजमती इङ्नामको नेतृत्वमा अपाङ्गता भएको व्यक्तिहरुको समूहका अध्यक्ष नगेन्द्र बस्नेत, स्वास्थ्यशाखा प्रमुख रोहिन्द्रकुमार राजभण्डरी, न्यायिक समितिका उजुरी प्रशासक डम्बर खरेल लगाएको उपस्थितमा चार वटा ट्राईसाइकल वितरण गरेको हो ।

कम्मर मुनिको भाग पुर्णरुपले नचल्ने वडा नम्बर १ का खड्बहादुर थापा, जाभेल मुर्मु, वडा नं. ३ का गोविन्द चौधरी, वडा नम्बर ७ का कमल पाण्डेलाई दैनिक सहजताको लागि ट्राईसाइकल प्रदान गरेको हो ।

सम्बन्धित खवर