फागुन २८ गतेदेखी हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने

नगरप्रमुख दिलिप कुमार राई

फागुन २३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा हात्तीपाइले रोग विरुद्ध औषधी फागुन २८ गतेदेखी सबै वडा खुवाइने भएको छ ।

नगरपालिकाले आइतबार नगरमा पत्रकारहरुसँगको अन्तरक्र्रिया गर्दै हात्तीपाइले रोग विरुद्ध औषधी सबै वडा खुवाइने जानकारी गराएको हो । कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना बिष्ट बास्तोलाले सम्पूर्ण नगरबासीलाई औषधी खान अनुरोध गरेका छन् ।

कार्यक्रममा नगर प्रमुख राईले हरेकलाई औषधी खान प्रोत्साहनको साथ प्रचारमा गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । उपप्रमुख यमुना बिष्ट बास्तोलाले हात्तीपाइले विरुद्धको औषधी खुवाउन कर्मचारीहरु पनि जिम्मेवारी पूर्बक लाग्नुपर्ने बताए । हरेक नगरबासीलाई औषधी खुवाउन जनप्रतिनिधिहरु लागि पर्ने र सञ्चार कर्मीहरुले प्रचार प्रचारमा लाग्न उपप्रमुख बिष्ट बास्तोलाले आग्रह गरिन । कार्यक्रममा नगरको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको समेत उपस्थिति रहेको थियो ।

 

हात्तीपाइले धागो जस्तो परजीवि लामखुट्टेको माध्यमबाट सर्ने रोग हो । यो परजीवि मानिसको शरिरमा २० बर्षसम्म बाँच्न सक्ने र यो रोग लागेमा खुट्ट तथा पुरुषको अण्डा कोष सुन्निले लगायतको लक्षण देखा पर्ने नगरका स्वास्थ्यकर्मी जगत मगरले बताए ।

यो रोग उन्मुलनको लागि नेपालमा सन २००३ मा पर्सा जिल्लाबाट सुरु भएको थियो । मोरङमा २०१२ देखि निरन्तर औषधी खुवाइन्दै आएको छ । नेपालमा २०३० सम्ममा उन्मुलनको योजनाको साथ लागिरहेको बताइएको छ । गत बर्षको सुनवर्सीको डाइनिया र जहदा गाउँपालिकामा गरिएको सर्वेक्षणबाट मोरङमा २९ प्रतिशत जनसंख्याले औषधी नआएको भेटिएको छ । राष्ट्रिय हात्तिपाइले रोग सम्बन्धी संस्थाले सम्पलको लागि डाइनिया र जहदा गाउँपालिकामा सर्वेक्षण गरेका थिए । ६० प्रतिशतले डरले औषधि नखाएको, ११ प्रतिशतले औषधीबारेमा जानकारी नपाएको र ८ प्रतिशत स्वास्थ्यकर्मीहरु घरघरमा खुवाउन नगएको सर्वेक्षणले देखाएको छ ।

पथरीशनिश्चरे नगरमा गत बर्ष ५० हजार ३ सय १९ लाई औषधी खुवाइएको नगरको स्वास्थ्यकर्मी जगत मगरले बताए । यद्यपि पथरीमा ३ जनामा हात्तीपाइलेको लक्षण देखिएको मगरको भनाइ छ । यो बर्ष ६५ हजार ४९ लाई औषधी खुवाउने लक्ष्य रहेको मगरले जानकारी दिए ।

औषधी ७ दिन भित्रको सुत्केरी, २ बर्ष मुनिका बालबालिका, छारेरोग भएका बिरामी, अस्पताल भर्ना भएका सिकिस्त बिरामीहरु बाहेक दीर्घ रोगिहरुले पनि खान मिल्ने रहेको छ । पथरीशनिश्चरे नगरमा ५ सय २४ जना दीर्घ रोगीहरु रहेको तथ्याङ्क छ । वडा वडामा पुगेर हप्तादिनसम्म खुवाइने, नसकीय समय अझ बढाइने पथरी नगर अस्पतालले जनाएको छ ।

सम्बन्धित खवर