कानेपोखरी अस्पतालमा ५ शैयाको २४ सै घण्टा आभारभूत अस्पताल सेवा सुरु(फोटो पिचर)

                                             गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले

फागुन २८ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका –४, स्थित बयरवन बजारमा रहेको कानेपोखरी अस्पतलमा ५ शैयाको २४ सैं घण्टा आधारभूत अस्पताल सेवा सुरु भएको छ ।

कानेपोखरी गाउँपालिकाको स्थापना दिवसको अवसरमा २४ शै घण्टा सेवाको शुक्रबार गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले उद्घाटन गरेका थिए । अस्पतालमा कोठा पर्याप्त नभएपनि कोठा, शौचालय, स्वास्थ्य विमा सेवा, कार्यालय लगाएतलाई व्यवस्थित बनाएर तत्काल सेवा सुरु गरिको हो ।

स्वास्थ्यलाई कानेपोखरी गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउँदै १५ शैयाको अस्पतालको भवन निर्माणधिन रहेकोले यहाँको जनताको सुविधा लागि तत्काल इमरजेन्सी सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । यस अघि सर्पदशं सेवा यही स्थानमा रकम र जनशक्ति नभएर सेवा बन्द भएको र अव यो १५ शैयाको हस्पिटल सुरु भएपछि पुन सुरु गरिने पनि उनले बताए ।

गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामले जनप्रतिनिधि भएर आएको ५ बर्ष भित्र स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको बताएका छन् । ५ शैयाको २४ सै घण्टा सेवा सुरु देखी लिएर १५ शैयाको अस्पताल निर्माधिन रहेको छ । त्यसैगरी गाउँपालिका क्षेत्र भित्रका गरिव जनताको लागि स्वास्थ्य विमा कार्यक्रम, दीर्घरोगीहरुको लागि उपचार रकम लगाएतको कार्यक्रमले जनताले स्वास्थ्य क्षेत्र सम्झन योग्य काम गाउँपालिका गरको उनीले बताए ।

                                                                      गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम

अस्पतालमा दैनिक विरामी जाँच, ल्याब जाँच, स्वास्थ्य विमा कार्यक्रम, गर्भवती जाँच तथा सुत्केरी सेवा, आकस्मिक सेवा साथै अन्य परामर्श सेवा सुचारु भएको छ । आधारभूत अस्पतालमा मेडिकल अफिसर राम शंकर यादवको नेतृत्वमा १८ जना कर्मचारीहरु रहेका छन् । त्यसैगरी अस्पतालमा युएसजि(भिडियो एक्स रे)सेवा प्रत्येक बुधबार चेकजाँच भईरहेको छ र इसिजि सेवा(मुटु जाँच), एक्स रे (हाड्जोर्नी छाती) सेवाहरु दैनिक सुरुहुन लागेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रोहिन्द्रराज भण्डारीले बताए ।

जग्गा दाता स्वः सनकसिंह भट्टराई १० कट्ठा जग्गा, स्वः चन्द्रबहादुर भट्टराई भवन निर्माण दाता, भवन निर्माण लेप्टीनेन्ट स्वः बलबहादुर निरौला र पूर्व स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष ४ जना (स्वः चन्द्र बहादुर भट्टराई , गाउँपालिका अधयक्ष तारा बहादुर काफ्ले, स्वः काशीनाथ दाहाल र स्व ः भिम प्रसाद अधिकारी) र समितिका पूर्व उपाध्यक्ष वडा नम्बर २ का वडाध्यक्ष सुशिल बुढाथोकी, पूर्व स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्यहरु विरबहादुर भट्टराई, रेवतबहादुर भट्टराई लगाएत २९ जना लाई सम्मान गरिएको थियो । सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

                                                 प्रमुख प्रशासकिय प्रमुख सन्तोष घिमिरे

त्यसैगरी प्रतिक्षालय निर्माण गरिदिने लायन्स क्लब अफ कानेपोखरीका अध्यक्ष यामप्रसाद पौड्याल, चौतारा निर्माणकर्ता टंक लिम्बुलाई पनि सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । उनिहरुलाई गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले सम्मन गरेका थिए । कार्यक्रम गाउँपालिका कार्यकारी अधिकृत सन्तोष घिमिरेले संचालन गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष राजमती इङ्नामले गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेबाट दानबहादुर बस्नेत, नेपाली कांग्रेसबाट विवेक लिम्बु, नेकपा माओवादीबाट सूर्य धिमाल र नेकपा एसबाट भूमि प्रसाद दुलालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वडाध्यक्षहरु, वडासदस्यहरु, राजनितिज्ञ भोला अधिकारी, सन्तोष फुयल,स्वास्थ्य शाखा इन्चार्ज उमाकान्त सेठ लगाएत उपस्थित रहेका थिए ।

सम्बन्धित खवर