कानेपोखरी आईटिएफद्धारा जनप्रतिनिधिलाई सम्मान र जिल्ला स्तरिय सेमिनार

 

राजकुमारी तामाङ
असार १२ गते, कानेपोखरी । कानेपोखरी आईटिएफ डोजाङ्ले जनप्रनिधिहरुलाई सम्मान र जिल्ला स्तरीय प्राबिधिक सेमिनार कोर्स गरेको छ ।

शनिबार जनसेवा माबिमा भएको सेमिनारमा कानेपोखरी, हरकपुर, बेलबारी, सुन्दरहरैचा, मंगलबारे उर्लाबारी, डाँगीहाट लगायत डोजाङका प्रशिक्षार्थीहरुले प्रशिक्षण लिएका थिए । आईटिएफ तेक्वाण्डोका केन्द्रिय सद्स्य चतुरलाल चौधरी, आईटिएफ तेक्वाण्डोका प्रदेश उपाध्यक्ष राजेन्द्र धिमाल, प्रदेश सचिव नवीन तामाङ र पाँचथर आईटिएफका प्रशिक्षक नितेश खवास र मोरङ जिल्ला अध्यक्ष युवराज भुजेलले प्रशिक्षण दिएका थिए ।

कानेपोखरी गाउपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी सहित सात वटै वडाका वडा अध्यक्षलाई सम्मान गरिएको थियो । वडा नं. १ का वडाध्यक्ष रत्न बहादुर कार्की, २ का सुशील बुढाथोकी, ३ का गोपाल बहादुर कार्की, ४ का रमेश राउत, ५ का चरण गुरुङ, ६ का खडग बहादुर बस्नेत र वडा नं. ७ का मोहन अधिकारीलाई प्रमाण पत्रले सम्मान गर्दै कार्यकालको बधाई दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि आईटिएफ प्रदेश अध्यक्ष प्रबिन कुमार कार्की र कार्यक्रमका अध्यक्ष युवराज भुजेलले सम्मान व्यक्त गरेका थिए । कार्यक्रममा जनसेवा माबिका प्र.अ. दामोदर सिग्देल, खेलप्रेमी प्रकाश कार्की मंगलबारे डोजाङ अध्यक्ष मन्जु गिरी लगायतको उपस्थिति रहेको थियो ।

 

 

सम्बन्धित खवर