रमाइलो क्याम्पसको ५५ जना छात्रा र २६ जना स्वास्थ्य स्वयंसेवीलाई साईकल वितरण

असार १७ गते, कानेपोखरी । मोरङ क्षेत्र नं. ३ का सांसद तथा पूर्व मन्त्री भानुभक्त ढकालको उपस्थितमा कानेपोखरी गाउँपालिकाले रमाइलो बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनरत छात्रा र महिला स्वास्थ्य स्वयंसेवीकालाई साईकल वितरण गरेको छ ।

विहिबार जनसेवा माविको भवन शिलान्यास कार्यक्रममा स्नातक तह अध्ययनरत ५५ छात्रा र गाउँपालिा क्षेत्रका २६ जना महिला स्वास्थ्य स्वयंसेवीकालाई साईकल वितरण गरेको हो । कार्यक्रममा सांसद तथा पूर्व मन्त्री भानुभक्त ढकाल, गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारी र निर्वतमान गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेका हातबाट साईकल वितरण गरेको थियो ।

आर्थिक बर्ष २०७८÷०७९ अनुसार गाउँपालिकाले ८१ वटा लेडिज साइकल खरिद गरी साईकल वितरण गरेको थियो । अहिले रमाइलो बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत १०५ जना छात्रा अध्ययनरत छन् । ती मध्ये गरिव तथा जेहेन्दार ५५ जना छात्रालाई साइकल वितरण गरेको थियो । अहिले मानविकी, बाणिज्य शास्त्र र शिक्षा संकायमा कक्षा भैरहेको छ । अहिले क्याम्पसको स्नातक तहमा २४३ र ११ र १२ मा १७२ जना छात्राछात्रले अध्ययनरत छन् ।

गाउँपालिकाको आयोजना र जनसेवा माविको संयोजनमा भएको कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष चरण गुरुङ, वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत, वडा नं. ७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारी र वडा नं. ३ का वडा अध्यक्ष गोपाल कार्की, जनसेवा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम पौडेल उपस्थित रहेका थिए । त्यसैगरी नेकपा प्रदेश सदस्य भेषनाथ रिजाल, जिल्ला सदस्य दान बहादुर बस्नेत र नविन पौड्याल, पार्टी वडा अध्यक्ष कुमार फुयल, नेपाली कांग्रेस प्रतिनिधि देवेन्द्र थापा अतिथि रहेका थिए ।

सम्बन्धित खवर