आफ्नै छोरीलाई ३ बर्ष सम्म पटक–पटक जवरजस्ती करणी गर्ने बुबा पक्राउ

सांकेतीक तस्विर

साउन २७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरबाट आफ्नै छोरीलाई पटक–पटक जवरजस्ती बलात्कार गरेको आरोपमा बुबालाई इलाका प्रहरी कर्यालय पथरीले पक्राउ गरेको छ ।

आफ्ना ११ बर्षीय छोरीलाई पटक–पटक तीन बर्ष सम्म बलात्कार गर्ने ४० बर्षीय नाम परिवर्तन शेरवहादुर खतिवडालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आफ्नी जेठी श्रीमतीको उजुरीको आधारमा साउन १६ गते पथरीको घरबाटै पक्राउ गरेको थियो ।

छोरी पेटमा हुँदा बैदेशीक रोजगार गएका बुबा ८ बर्ष पछि घर आएका थिए । उतिखेर छोरीको जन्म पछि २ बर्षको नाबालिका छोडी आमाले अर्को दोस्रो विवाह गरे । २ बर्षकी नाबालिका घरकी हजुरआमाले हुर्काइन् । ८ बर्ष पछि घर आएका बुबाले पनि दोस्रो विवाह गरे ।

प्रहरीमा दिएको बयान अनुसार छोरी ९ बर्षकी हुँदा बुबाले पहिलो पटक छोरीको छाती छामेको थियो । छाती दुःखेपछि यो कुरा घरकी हजुरआमालाई भनेकी थिइन् तर हजुरआमाले पत्याएनन् । हैट, बुबाले पनि यस्तो गर्नुहुन्छ ? हजुरआमाले नपत्याएपछि बुबाको प्रयास जारी थियो । बुबाले कसैलाई नभन्नु भनेका थिए । भनिस भने मलाई प्रहरीले पक्रेर लान्छ र हजुरआमा झुण्डीएर मर्छ भन्दै डर देखाउँदै करणी गर्ने गरेका बालिकाले प्रहरीमा बयान दिएका थिए ।

घरमा कान्छि आमा, बुबा र हजुरआमा बस्थे । उनी स्कुल पढ्दै थिइन् । पढाईमा अब्बल थिइन् । एकदिन पीडा सहन नसकेर स्कुलमै व्यहोस भएकी थिइन् । दिन वित्दै गएपछि बालिकालाई झन् झन् पीडा थपिन्दै गयो । हजुरआमाले नातीनिको कुरो नपत्याएपछि उनीले हजुरआमालाई भन्नै छोडिन । योनीबाट सेतो पानी आउने र सारै तल्लो पेट दुखे पछि उनी आफुलाई जन्मदिने आमाको घर गइन् । आफ्नी जन्मदिने आमालाई बालिकाले बुबाको तीन बर्ष अघिदेखीको नालीबेली सुनाइन् । त्यो कुरा सुनेपछि छोडेर गएको जेठी श्रीमतीले श्रीमान विरुद्ध प्रहरीमा छोरी बलात्कार सम्बन्धी जाहेरी दिएकी थिइन् ।

पक्राउ परेका बुबालाई म्याद थप गरी अनुसन्धानमा राखिएको र उनलाई हाडनाता तथा जवरजस्ती करणी सम्बन्धी मुद्दा चल्ने डिएसपी बेद प्रसाद गौतमले बताए ।

सम्बन्धित खवर