जनकल्याणका १ सय ९० जना छात्राछात्रलाई न्यानो कपडा वितरण

पुस ३ गते, कानेपोखरी । मोरङको कानेपोखरी–७ स्थित जनकल्याण माविका छात्राछात्रलाई न्यानो कपडा वितरण गरिएको छ ।

आइतबार विद्यालयमा एक कार्यक्रम बिच बाल कक्षा देखी कक्षा ५ सम्म अध्ययनरत १ सय ९० जना छात्राछात्रलाई न्यानो कपडा स्वेटर र ट्रयाकसुट वितरण गरेको हो ।

वडा नं. ७ आइतबारे निवासी विष्णु गुरुङ र गुरुङ परिवारद्वारा आफ्ना स्वर्गीय पिता भक्तबहादुर, आमाहरू विष्णुमाया र शान्त मायाको नाममा स्थापित भविशा कोषको अन्तरगत १ लाख २४ हजारको न्यानो कपडा खरिद गरी वितरण गरिएको शिक्षक विजयगोपाल गड्तौलाले बताए ।

तस्विर : काजिराम गौतम

भविशा कोषका संस्थापक विष्ण गुरूङ हाल हङकङमा कार्यरत छन् । उनले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई अध्ययनमा हौसला प्रदान गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन समितिसँग समन्वय गरेर सो न्यानो कपडा वितरण गरेका हुन ।

कार्यक्रम कानेपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारामान गुरूङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख वेगबहादुर काफ्ले, वडाध्यक्ष मोहन प्रसाद अधिकारी, शिक्षाप्रेमी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि घिमिरेले यस्ता कार्यक्रमले विद्यार्थीलाई लगनशील भएर अध्ययन गर्न प्रेरणा मिल्ने बताए । उनले सामुदायिक विद्यालयको गुणस्तर उकास्न सबै सरोकारवाला निकाय, शिक्षक, अभिभावक र समाजसेवी एकजुट भएर लाग्नु पर्ने बताए ।

सम्बन्धित खवर