कानेपोखरीमा मौरीको टोकाइबाट पूर्व शिक्षकको मृत्यु

पुस ५ गते, कानेपोखरी । मोरङ कानेपोखरी–५ स्थित भौसाबारी चोकमा मौरीको टोकाइबाट पूर्व शिक्षकको मृत्युभएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

वडा नं. ५ स्थित भौसाबारी निवासी पूर्व शिक्षक ८४ बर्षीय टिकाराम भट्टको मौरीले टोकेर मंगलबार मृत्यु भएको हो । भौसाबारी चोकमा चिया पिउन निस्कदा भट्टलाई मौरीले टोके पछि शक्त घाइते भएका थिए । भट्टको वडा नं. ६, रमाइलो चोकको २४ घण्टे क्लीनिकमा उपचारको क्रममा दिउँसो २ः४५ बजे मृत्यु भएको इप्रका पथरीका डिएसपी वेदप्रसाद गौतमले बताए । मृतक भट्ट वडा नं. ४ बयरवन बजारमा रहेको जनता आधारभूत विद्यालयको पूर्वशिक्षक हुन ।

भट्टसँगै अन्य मौरीले टोकेर घाइते भएका भौसाबारी चोकका २५ बर्षी भुखलाल ऋषिदेव, २० बर्षीय जेनिसा राजवंशी, ६८ बर्षी झवर यादव र ३९ बर्षी मान बहादुर सुनुवार रमाइलो चोकका क्लीनिकमा उपचारपछि घर फर्केका प्रहरीले बताए ।

झापाको शिवशताक्षी –९ का ३८ बर्षीय ओमदेव बस्नेत र ४५ बर्षी पावर्त अधिकारीले मौरी चरणको लागि घारमा भौसावारी चोकमा आजै ल्याएका थिए । उनीहरुले प्रदेश नं.१–०१–००१ च. ७०८६ नम्बरको पिकप गाडीमा चराउन ल्याएका थिए । मौरीका धनी बस्नेत र अधिकारीलाई इलाका प्रहरी कार्यालय पथरीले सोधपुच्छ गरी दैनिक इप्रकामा हाजिर गर्ने सर्तमा छाडिएको डिएसपी गौतमले बताए ।

सम्बन्धित खवर