बुधबार, पुस २३, २०८२

लायन्स क्लबद्धारा १० घर ऋषिदेव परिवारलाई कम्बल वितरण

माघ ३ गते, कानेपोखरी । मोरङको कानेपोखरी ४ स्थित क्याम्पा चोकका १० घर ऋषिदेव परिवारलाई लायन्स क्लब अफ कानेपोखरीले न्यानो कपडा कम्बल वितरण गरेको छ ।

सोमबार लायन्स क्लब अफ कानेपोखरीको प्रेसिडेन्ट चरण गुरुङको नेतृत्वमा कम्बल वितरण गरेको हो । स्थानीय राजेश, रविना, भिम, राजु, कम्फु, विजुली, सुनिल, सुरेश, किरण र विजय ऋषिदेवलाई न्यानो कपडा कम्बल प्रदान गरिएको थियो ।

उनिहरु दैनिक अर्काको काम गर्न गएन भने बेलुका चुल्हो बल्न गारो हुन्छ । केही घरहरु खर र परालले छाएको भित्र सिरेटो पस्ने उनिहरुलाई यो जाडो काट्न गारो हुन्छ । जाडो दिनै बढीरहेकोले चिसो छल्नको लागि कम्बल प्रदान गरेको प्रेसिडेन्ट गुरुङले बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी उपस्थित रहेका थिए । लायन्स अफ कानेपोखरीका भोजराज श्रेष्ठ, रोषन तिम्सिना, अमरमणी घिमिरे, पूर्व प्रेसिडेन्ट उमेश पौडेल, पूर्व जनप्रतिनिधि रोषन लामिछाने गुरुङ, समाजेवी डम्बर कटुवाल, उदिप लिम्बु, टिकाराम लिम्बु तथा लायन्स क्लबका अन्य सदस्यहरु पनि उपस्थित रहेका थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.