ऐतिहासिक कानेपोखरीमा जोडियो खानेपानी धारा

फागुन ६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले ऐतिहासिक कानेपोखरीमा खानेपानी धारा दुई स्थानमा निमार्ण गरेको छ ।

कानेपोखरी बजारको खानेपानी ट्याङ्कीबाट लभग दुई किलोमिटर पाईप बिच्छाएर पोखरी सम्म पानी ल्याई धारा निमार्ण गरी सुरु गरेको हो । सो पानीलाई दुई स्थानमा खानेपानीको रुपमा प्रयोग गर्नलाई धारा सुरु गरिएको छ । धाराको गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला प्रसाद अधिकारीले अनुगमन गरेका छन् ।

त्यहाँ वनभोजखानेहरुको लागि पानीको अभाव थियो । खानेपानी नभएपछि त्यहाँ शौचालय निर्माण सम्पन्न भएपनि सुरु गरिएको थिएन । पानी आएपछि त्यहाँ शौचालय पनि सुरु भएको र आवश्यकता अनुसार धारा राखिन्दै जाने गाउँपालिका उपाध्यक्ष अधिकारीले बताए ।

त्यहाँ विजुलीको पनि अभाव रहेको छ । गाउँपालिकाले त्यसको पनि पोल गाडेर व्यवस्थापन गरिसकेको छ । विजुलीको काम थोरै मात्र बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

ऐतिहासिक कानेपोखरीमा यस पटक वनभोज खानेको भिड थियो । विशेषगरी पारिवारीक वनभोजको लागि पोखरी आउने गरेका छन् ।

सम्बन्धित खवर