चैत्र १८ गते, पथरी । सामुदायिक वन उपभोक्ता महासंघ कानेपोखरी गाउँपालिकाको दोश्रो गाउँ अधिवेशन सम्पन्न भएको छ ।
ग्रामिण सामुदायिक वन समूहको सभाहलमा भएको अधिवेशनले नविन राईको अध्यक्षतामा १३ सदस्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा उपाध्यक्ष गणेश मादेन, सचिवमा सपना पुरी र कोषाध्यक्षमा रेजिना ठकुरी चयन भएका छन् । त्यसैगरी सदस्यहरु सिर्जना विष्ट र माया सुब्बा रहेका छन् । बाँकी रहेको सदस्यहरु समितिको पहिलो बैठकले पुरा गर्ने सामुदायिक वन उपभोक्ता महासंघ कानेपोखरी गाउँपालिकाको निर्वतमान अध्यक्ष कृष्ण थामीले बताए ।
अधिवेशनले ३ जना महिला र ३ जना पुरुष गरी जम्मा ६ जना जिल्ला प्रतिनिधि पनि चयन गरेको छ । कृष्ण थामी, अभिनारायण लुइटेल, विशाल तिरुवा, सिर्जना विष्ट, रेजिना ठकुरी र टंकमाया लुइटेललाई चयन गरेका छन् । त्यसैगरी प्रदेश प्रतिनिधिमा नविन राई, सुनिता तामाङ, कमला वि.क लगाएत ६ जना चयन भएका छन् ।
कार्यक्रम कृष्ण थामीको सभापतित्व तथा वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । अन्य अतिथिहरु महासंघ प्रदेश अध्यक्ष तुलसी संग्रौला, वन अभियान्ता रेणुका दाहाल, महासंघका जिल्ला अध्यक्ष रामकृण राई र पूर्ण अधिकारीले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अध्यक्ष कृष्ण थामीले ९२ हजार आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । ५ हजार १५० रकम बचत रहेको उनले बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ कानेपोखरी गाउँपालिका अन्तरगत ५ वटा वन समूह रहेका छन् । ग्रामिण सामुदायिक वन समूह, जनजागृती सामुदायिक वन समूह, ज्योति सामुदायिक वन समूह, लक्ष्मि सामुदायिक वन समूह र स्थानीय ग्रामिण सामुदायिक वन समूह रहेका छन् ।