५ दिने अचार बनाउने तालिम समापन

 

चैत्र २६ गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाको आयोजनामा भएको ५ दिने अचार तालिम समापन भएको छ ।

गरिवी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम अन्तरगत महिलाहरुलाई आधारभूत मिक्स अचार सम्बन्धी सिप विकास तालिम समापन भएको हो । वडा नं. ६ का फेसवुक लद्यु उद्यमी सूहका १४ जना महिलाहरुलाई तालिम दिइएको थियो । तालिमलाई विन्दु बास्तोलाले सहजिकरण गरेका थिए ।

शनिबार गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतले तालिमलाई सम्बोधन गर्दै प्रमाण पत्र वितरण गरेका थिए । तालिम लिनेहरु अनिता बास्तोला, शुभद्रा अधिकारी, पुनमकुमारी दाहाल, अन्जना श्रेष्ठ, अर्पना खड्का, विनिता दर्जी, दिपा साँवा, रोजिना दर्जी, निताकुमारी जोगी, शोभा थापा, निशा थापा, रेणुका श्रेष्ठ, नरमाया पराजुली र मनिका परियारले रहेका छन् ।

कार्यक्रममा कार्यपालिका सदस्य सुशिला श्रेष्ठ, न्यायिक समिति सदस्य दुर्गा नेपाली र इन्दु बास्कोटा लगाएत उपस्थित रहेका थिए ।

सम्बन्धित खवर