थप्परसिंह महराज थानको भवन उद्घाटन

बैशाख १२ गते, कानेपोखरी । मोरङको कानेपोखरी– ४ स्थित थानचौरीमा रहेको थप्परसिंह महाराज थानको भवन उद्घाटन भएको छ ।

मंगलबार कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामले थानको भवन रिवन काटेर उद्घाटन गरेको हो । कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष रमेश राउत र वडा सदस्य तथा कार्यपालिका सदस्य साउनी माझी रहेका थिए । उद्घाटन पछि धुपबात्ती गरी पुजाआज गर्दै शुभकामना दिएका थिए ।

प्रत्येक बर्ष बैशाख १३ गते मेला लाग्दै आएको छ । भोली लाग्ने मेला पर्वको अवसर पारेर भवन निर्माण सम्पन्न पछि पुजाआज गर्ने भवन उद्घाटन गरिएको र भोली विहान देखी पुजाआज सुरु गरिने थान निर्माण समितिका अध्यक्ष लक्षमण कार्कीले बताए ।

आर्थिक बर्ष २०७९÷०८० मा गाउँपालिकाले महाराज थान निर्माणको लागि ४ लाख ८० हजार रुपैया रकम विनियोजन गरेको थियो । सोही रकमले भवन निर्माण सम्पन्न भएको छ । अन्य साना साना घरहरु त्यहाँका आन्तरिक स्रोतले निर्माण गरेको र त्यस पछि रंङ रोकन र घेराबारा पनि गरिने मन्दिर निर्माण समितिका अध्यक्ष लक्षमण कार्की बताउँछन् ।

सम्बन्धित खवर