आईटिएफ तेक्वाण्डोको वार्षिक उत्सवमा ११ खेलाडीलाई सम्मान

सनम रोक्का
बैशाख १७ गते, कानेपोखरी । कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गले शनिबार आफ्नो दोश्रो वार्षिक उत्सव मनाएको छ ।

कानेपोखरी –६ जनसेवा मावि रमाइलोको सभाहलमा सम्पन्न सो उत्सवमा ११ जना खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो । २०७९ मा जिल्ला तथा प्रदेश स्तरीय आयोजित तेक्वाण्डो खेलमा सहभागी भएर उत्कृष्ट हुने खेलाडीहरुहरुलाई मायाको चिनो सहित कानेपोखरी तेक्वाण्डो अध्यक्ष युवराज भुजेलले सम्मान गरेका हुन ।

देविन राई, विनिषा धिमाल, रितिका चौधरी, जेनिसा कुमाल, लिला गुरुङ, राजिन तामाङ, अप्रिता चौधरी, विन्तीका लिम्बू, भिजन मैनाली, प्रिन्सा कार्की र सुन्दर लिम्बूलाई मायाको चिनो सहित सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी आईटिएफका सल्लाहकार एविन पाठकले २ वर्षे अवधि पूरा गरेकोमा आइटिएफ परिवारलाई बधाई दिदैँ आगामी दिनहरुमा पनि सफलता हात पार्दै जाओस् भन्ने सुभकामना व्यक्त गरे । कार्यक्रममा अभिभावकहरुको पनि उपस्थित रहेका थिए । कार्यक्रम राजेन्द्र गुरागाईले संचालन गरेका थिए ।

 

सम्बन्धित खवर