जंगली च्याउ खादा कानेपोखरीमा एकै परिवारका ३ जना बिरामी

राजकुमारी तामाङ

असार १३, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा जंगली च्याउ खादा बुधबार तीन जना बिरामी भएको छ ।

जंगली च्याउ खाएर बिरामी हुनेहरुमा वडा नं. ७ का बर्ष ७५ को आमा देश माया राई, छोरा बर्ष ५० को मान बहादुर राई र बुहारी बर्ष ५० की मङल लिम्बू राई रहेका छ्न ।

यस्तै सोही परिवारका २ जना छोराछोरी भने बिरामी सामान्य अवस्थामा रहेका छन् । उनिहरुले कानेपोखरीको जङ्गलबाट सोमबार साँझ च्याउ टिपेर ल्याएरका थिए । बिरामी सबैको कानेपोखरी अस्पताल बयरबनमा उपचार भैरहेको छ । बिरामीको अवस्था बुझ्न गाउँपालिका अध्यक्ष राजमती इङ्नाम कानेपोखरी अस्पताल पुगेकी थिइन् । बिरामीको अवस्था सामान्य रहेको डाक्टर अभिजित खडकाले बताए ।

 

सम्बन्धित खवर