भदौ २६, कानेपोखरी । राष्ट्रिय बाल दिवस २०८० को अवसरमा आयोजित अनलाइन वक्तृत्वकला प्रतियोगितामा माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमी स्कुलका तीन जना विद्यार्थीले प्रस्तुती दिएका छन् ।
कक्षा १० का आयुष कार्की, कक्षा ९ की दिपिका वि.क. र कक्षा ९ कै युना श्रेठले वक्तृत्वकला प्रतियोगिताको शिर्षक “राष्ट्र र राष्ट्रियता” बारेमा प्रस्तुती दिएका छन् । उनीहरुले आआफ्नै शैली र अभिनयमा ५ मिनेटको प्रस्तुती दिएका छन् ।
नागरिक चासो मल्टीमिडिया प्रालिद्धारा आयोजित प्रतियोगिता आफ्नो युट्यु चानल नागरिक चासोमा दुई हप्ता अघि रेकर्ड गरिएको भिडियो सार्वजनिक गरिएको थियो । यो समाचार बनाउदा सम्म भिडियोमा आयुष कार्कीले ३.२ के, दिपिका गजमेरले ४.२ के र युना श्रेष्ठले ४.३ के भियुज बटुलेका छन् । प्रतियोगिहरुले भिडियोको भ्युजबाट ५० प्रतिशत र निर्णय मण्डलबाट ५० प्रतिशत नम्बर पाउने छन् ।
कानेपोखरी गापा–६ मा रहेको सो विद्यालयबाट प्रतियोगिताको लागि १५ जना छात्राछात्रको भिडियो रेकर्ड गरेर पठाए पनि ३ जना मात्र प्रतियोगिताको लागि छनौट भएको विद्यालयका संस्थापक सदस्य एविन पाठकले जानकारी दिए । अनलाइन वक्तृत्वकला प्रतियोगितामा देशभरीबाट ४५ जना प्रतियोगी रहेका छन् ।
विद्यार्थीहरुले भोटको अपिल गर्दै कानेपोखरीको विद्यालयहरुमा पुगेर आआफ्नो प्रस्तुती दिएका थिए । प्रतियोगी आयुष कार्कीका अनुसार प्रतियोगितामा भाग लिएर कानेपोखरीको प्रतिनिधित्व गरेको बताए । त्यस्तै अर्का प्रतियोगी दिपिका जगमेरले नेपालभर चिनिने मौका पाएका छौं, यसले थप उर्जा मिलेको बताइन् ।
त्यस्तै कानेपोखरी ५ स्थित सिंह देवी माविको कक्षा १० मा अध्ययनरत स्मृती मगर पनि प्रतियोगितामा छनौट भएकी छिन् । मगरले अहिले सम्म १.७ के भ्युज पाएका छन् ।
डिजिटल स्पिच नेपालको पहिलो सृङ्खलाको प्रतियोगितामा देशभरबाट विद्यार्थीहरु सहभागि भएका छन् । भदौ २८ गते बाल दिवसको दिन फाइनल हुने प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय छनौट हुनेछ ।